जसपाद्धारा तुलसीपुर ७ मा वडा कमिटी गठन

Author Logo..
अनलाइन राप्ती २०७७ चैत्र २१ गते शनिवार


दाङ :  जनता समाजबादी पार्टीले पछिल्लो समयमा वडाकमटी गठनमा तिव्रता दिदै आएको छ । जसपाले शनिवार तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मा ११ सदस्यीय वडा कमिटी गठन गरेको हो । पार्टी नगर सदस्य नारायण पोख्रेलको अध्यक्षतामा एवं पार्टीका संघीय परिषद सदस्य जीवन भण्डारीको प्रमुख आतिथ्यतामा ईश्वरी रिजालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा नारायण रजौरे, सचिवमा नारायण पोख्रेल, सह–सचिवमा बामदेव भण्डारी, कोषाध्यक्षमा शुक्रराम विक रहेका छन् । त्यसैगरी सदस्यहरुमा बसन्त भुषाल, ईश्वर शर्मा, आयुस यात्रे, विशाल गुप्ता, पदम चौधरी, प्रविण चौधरी रहेको पार्टीले जनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भण्डारीले नैतिकता हराएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनपक्षीय कामको आशा नगरेको बताए । उनले प्रधानमन्त्री ओलीले तत्काल राजिनामा गरेर सहमतीको सरकार गठन गर्न समेत माग गरे । कार्यक्रममा पार्टीका सल्लाहकार चुर्ण बहादुर सुनार, नगर अध्यक्ष टोप बहादुर महतरा, नगर सचिव मोहन वली, सह– सविच दिपक पोख्रेलले मन्तब्य राखेका थिए । बसन्त भुषालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नारायण रजौरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार