दाङमा विहानै देखि बन्द यातायात दिउँसो १ बजेदेखि संचालनमा आउने

Author Logo..
अनलाइन राप्ती २०७७ चैत्र १७ गते मङ्गलवार


दाङ : विभिन्न माग गर्दै आज विहानैदेखि दाङका यातायात मजदुरहरुले गरेको यातायात बन्द दिउँसो १ बजेदेखि सुचारु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेललेको संयोजकमा यातायात महासघंका प्रतिनिधिहरु, तिन वटैै मजदुर सगंठन र जिल्लाका प्रालिहरुका प्रतिनिधिरुसगं भएको बैठकमा मजदुरहरुले उठाएका मागको सम्बोधन गर्नको लागि ६ बुद्धे निर्णय भएसंगै दिउँसो १ बजेदेखि यातायात मजदुरहरु सवारी साधन संचालन गर्न तयार भएको त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिए । सहमतिमा यातायात मजदुरहरुको तलब भत्ता नियमित रुपमा उपलब्ध गराउन यातायात ब्यवसायीहरु मन्जुरी रहेको र सबै यातायात ब्यवसायीहरुले सामाजिक सुरक्षा कोष ऐन २०७४ कार्यान्वय गर्न मन्जुरी भएको सल्लाहकार रेग्मीले जानकारी दिए ।

त्यस्तै, नेपाल सरकार र नेपाल यातायात महासंघ र तिन वटै मजदुर ट्रेड युनियन बीच भएको संयुक्त बैठकले गरेको निर्यण कार्यान्वयन गर्न सहयोग गर्ने, यातायात क्षेत्रमा देखिएका समस्याहरु समाधन गर्न तपशिल बमोजिम समिती गठन गर्ने र समितीले १५ दिन भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने निर्णय भएको छ । यसैगरी कोभिड १९ को खोप यातायात मजदुरहरुलाई लगाउन प्राथामिकतामा राख्ने र यातायात मजदुरहरुरद्धारा आह्वान गरिएको अनिश्चित कालिन यातायात बन्दलाई मंगलवार दिउँसो १ बजेदेखि शुरु गर्ने निर्णय भएको प्रेस सल्लाहकार रेग्मीले जानकारी दिए । बैंठकमा यातायात मजदुरहरुको तर्फबाट केशब भण्डारी, पदम वली, उदय विकको सहभागिता रहेको थियो, भने नेपाल यातायात ब्यवसायी महासंघको तर्फबाट भरत नाथ योगी, यातायाता प्रालिहरुको तर्फबाट अम्बिकेश्वरी सार्वजनिक यातायात प्रालिका अध्यक्ष ज्ञान बहादुर बस्नेत, नमस्ते यातायात प्रालिका अध्यक्ष बामदेब खनाल, त्रिशिद्धेश्वरी राप्ती यातायाता सेवा प्रालिका अध्यक्ष सुरेश हमाल, जिल्ला प्रहरी प्रमुख गणेश चन्द्र लगाएतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार