तुलसीपुर मोवाइल तथा इलेक्ट्रोनिक्स समितीको अध्यक्षमा भण्डारी

Author Logo..
अनलाइन राप्ती २०७७ चैत्र १७ गते मङ्गलवार


नविन वली
दाङ : तुलसीपुर मोवाइल तथा इलेक्ट्रोनिक्स समितीको अध्यक्षमा सुरज भण्डारी चयन भएका छन् । सोमवार समितीको दोस्रो अधिवेशनबाट भण्डारी अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिती सर्ब सर्ब सम्मतले चयन भएका हुन् ।  जसको कार्यबाहक उपाध्यक्षमा थम्मन विश्वकर्मा, प्रथम उपाध्यक्षमा चुडामणी कडेल, द्धितिय उपाध्यक्षमा शैलेन्द्र वली, तृतिय उपाध्यक्षमा धन बहादुर बस्नेत रहेका छन् । त्यस्तै, कोषाध्यक्षमा रामु बस्नेत, सह–कोषाध्यक्षमा डम्बर विक, महासचिवमा रेशम खड्का, सह–सचिवमा ज्योति प्रसाद दाहाल रहेका छन् । सदस्यहरुमा नविन वली, लिलामणी पुन, तिलक बस्नेत, बनराज वली, पंकज कौसोधन रहेको समितीले जनाएको छ । त्यस्तै, समितीको बरिष्ठ सल्लाहकारमा विमल कुमार पौड्ेल, सल्लाहकारमा गिरी प्रसाद भुषाल, कमल बस्नेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार