त्रिदेशीय फुटबलमा नेपालको शानदार जीत,नेपालले बंगलादेश विरुद्ध २–१ गोलले जितेको छ

Author Logo..
अनलाइन राप्ती २०७७ चैत्र १६ गते सोमवार

काठमाडाैं : त्रिदेशीय फुटबल कपको उपाधि नेपालले जितेको छ। आज दशरथ रंगशालामा नेपालले बंगलादेशलाई २–१ हराएको छ। पहिलो हाफमा लिएको २ गोलको अग्रता जोगाउँदै नेपालले उपाधि आफ्नो हातमा बनाएको हो।  साढे पाँच बजे सुरु भएको खेलको पहिलो हाफको १८ मिनेटमा नेपालका लागि संजोग राईले पहिलो गोल गरेका थिए। त्यसैगरी पहिलो हाफकै ४३ मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए।  तर दोस्रो हाफमा बंगलादेशले १ गोल फर्कायो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार