कोरोना त्रासका कारण दाङमा यस पटक देखिएन होलीको रौनक

Author Logo..
अनलाइन राप्ती २०७७ चैत्र १६ गते सोमवार


दाङ :  फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व यस वर्ष दाङमा गत बर्ष भन्दा यस पटक रौनक कमी आएका स्थानियहरुको भनाइ छ । गत बर्ष होली पर्वमा निकै रमाइलो गरी मनाएको भएता पनि यस पटक त्यति रमाइलो नभएको घोराही उपमहानगरपालिका ८ का रमिर अधिकारीले बताए । विगतका बर्षहरुमा साथीभाईसंग होली बनाउदाँ निकै रमाइलो हुने गरेता पनि यस पटक कोरोनाको त्रासका कारण त्यति रमाइलो नभएको उनको भनाइ थियो । गत बर्षको भन्दा अहिले अलि रमाइलो भयो । तर, पहिले जस्तो साथीभाईहरु संग नखेलेको उनले बताए ।

अहिले कोरोनाको त्रास भएकाले बजार पनि सुनसान रहेको उनले बताए । त्यस्तै, आफुहरुले सतर्क भएर होली खेलेको समेत बताए । होली आउनुभन्दा करिब एक साता अघिदेखि धेरै नै चहल पहल हुने दाङमा यो पर्व यस वर्ष कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिएकाले चहल पहलमा अलि कमी देखिएको छ । स्थानीय प्रशासनले माइकिङ्ग, प्रचार पम्प्लेट र सञ्चार माध्यमबाट भेला तथा कार्यक्रमहरु नगर्नु भन्दै प्रचार–प्रसार गरेपछि सर्वसाधरणको पर्वप्रतिको उत्सुकतामा कमी आएको हो । होलीमा विगतका बर्षमा जस्तो मानिसको चहल पहल नभएपनि पारिवारिक होली खेल्नेहरुमा भने रौनकता छाएको छ । बर्षमा एक पटक आउने पर्वमा स्वास्थ्य सुरक्षा अपनाएर खेलेको बताउदै अन्य मानिसलाई पनि सुरक्षित तरिकाले होलश्र खेल्न आग्रह गरेका छन् । घोराही उपमहानगरपालिका ८ का मदन पौडेलले बताए । ‘ अहिले कोरोनाको डर छ । तर, डर भन्दैमा चाडपर्व त मनाउनुु हुदैन् भन्ने होइन् ।

तर, चाडपर्व भन्दा ठुलो रोग हो । त्यसबाट बचेर मनाउँदा केहि हुदैन्,’ उनले भने । आफुहरुले होस्टेलमा बस्ने साथीभाईहरु मात्र खेलेको उनले बताए । विगतका बर्षहरुमा जस्तो होली नखेलेको भएता पनि यस पटक टोल छिमेकीका दिदी बहिनीहरुले मात्र खेलेको घोराही उपमहानगरपालिका १४ की रमिता खड्काले बताइन् । गत बर्षको भन्दा यस बर्ष कोरोना त्रास कमी भएता पनि विगतका बर्षहरुमा जसरी मानिसहरुले यस पटक होली नलेखेको उनकोे भनाइ थियो । कोरोकाबाट आजित बनेका स्थानियले भने आज होलीको दिनमा आफ्नो स्वास्थ्य सुरक्षा केहिपनि नअपनाएको बताउछन् । कोरोना कोरोना भनेर बस्दा पनि आफुले भनेको जस्तो नहुदाँ लापरबाही गर्नु परेको उनीहरुको तर्क छ । घोराही उपहानगरपालिका १४ की सबिता बुढाथोकीले गत बर्ष घरमा बसेर होली मनाएको भएता पनि यस बर्ष छरछिमेकीसंग मनाएको उनले बताइन् ।

५ जना भन्दा बढिमा होली नखेलेको र कोरोनाको त्रास रहेको भएता पनि आज होलीको दिन कुनै पनि सतर्कता नपनाएको उनले बताइन् । ‘ मुखमा मास्क लगाए एलर्जी हुन्छ,’ उनले भनिन्,’ सेनिटाइजर लगाए हात फुट्छन् । घरमा दुरी कायम गरौँ । बाहिर दुरी कायम हुदैन् । बजार ,अस्पताल जाने हो, भने पनि भिडभाड हुन्छ । अनि कसरी सतर्कता अनपाउने हो । ’ कोरोना भाइरस कुनै पनि बेला भित्रिन सक्ने खतरा बढेकाले प्रशासनले सर्वसाधारणको चहल पहल हुने पर्व, तथा सभा सम्मेलन गोष्ठी लगाएतका कार्यक्रम नगर्न आग्रह गर्दै आएपनि यस पटकको होली भने परिवारमै सिमित रहेर मनाउन आग्रह गरेको दाङका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए । पानी र रङ प्रयोग नगरी सामाजिक संजाल वा अन्य माध्यमबाट शुभकामना सन्देश प्रवाह गर्न स्थानीय प्रशासन सर्वसाधरणलाई अपिल गरेको थियो । तर कतिपय स्थानीयले भने सुरक्षित तवरले होली खेलेको बताउछन् । कोरोना भाइरसको त्रासले गर्दा गत बर्षको होली जस्तो गरी नखेलेको र आफ्नो पारिवारिक रुपमा मात्र होली खेलेर रमाइलो गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार