देशभरका विद्यालय ४ दिन बन्द गर्ने सरकारको निर्णय

Author Logo..
अनलाइन राप्ती २०७७ चैत्र १६ गते सोमवार

काठमाडौँ : शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौँ  उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषत निकै बढेको छ । जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको छ । धूवाँ, धूलो मिश्रित तुवाँलोले काठमाडौँसहित देशैभरको आकाश धुम्म बनेको छ । सरकारले  वायु प्रदूषणले स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले मौसममा सुधार नभएसम्म घरबाहिर अत्यावश्यक कामबाहेक ननिस्कन भनेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार