दाङका यातायात मजदुरहरु आन्दोलित, चैत १७ गते देखी अनिश्चितकालिन बन्दको घोषणा

Author Logo..
अनलाइन राप्ती २०७७ चैत्र १५ गते आइतवार

दाङ : दाङमा मंगलवार देखी सार्वजनिक यातायात अनिश्चितकालिन बन्दको घोषणा दाङ, दाङका यातायात मजदुरहरु आन्दोलित भएका छन् । उनीहरुले विभिन्न माग राख्दै आउदो मंगलवार यहि चैत १७ गते देखी सार्वजनिक यातायात सेवा अनिश्चितकालिन बन्दको घोषणा गरेका छन् ।यातायात मजदुर संग सम्वन्धित तिन वटा यातायात मजदुर संघ संगठनहरुले आज पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङ नेपाल यातायात मजदुर संघ ईकाई तुलसीपुर र अखिल नेपाल यातायात मजदुर संघ, दाङले सयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन् । कोरोना माहामारीका कारण लामो समय सम्म समस्यामा परेका यातायात मजदुरहरु पछिल्नो समय यातायात व्यवसायीहरुको अस्वस्थ्य प्रतिष्प्रर्धाका कारण झनै समस्यामा परेको भन्दै आफुहरु आन्दोलित भएको संगठनका जिल्ला अध्यक्ष केशब बहादुर भण्डारीले बताए ।

यस अघि पनि तिन वटै मजदुर संघ संगठनहरुले आफना मागहरु कार्यन्वयन गर्नका लागी सम्वन्धित यातायात प्रालि समक्ष राखेर प्रालिका पदाधिकारी संग बारम्बार छलफल र बार्ता गरेपनि कुनै सुनुवाइ नभएको हुदाँ आफुहरुले अहिले बाध्य भएर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको यातायात मजदुर संघ ईकाई तुलसीपुरका अध्यक्ष सुवर्णराज भण्डारीले बताए । आफुहरु आन्दोलित हुनु पर्ने बाध्यता भएकाले यो कदम चालेको उनको भनाइ छ । पहिलो चरण अन्र्तगत जिल्लामा सार्वजनिक यातायात सेवा ठप्प पार्ने र माग पुरा नभए थप संघर्ष गदै सम्पुर्ण यातायात क्षेत्र बन्द गर्ने उनीहरुको चेतावनी छ ।उनीहरुले यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुले सहज रुपमा तलव भत्ता पाउन नसकेको हुँदा यसको ग्यारेन्टी हुनुपर्ने, नेपाल सरकारले जारी गरेको सामाजिक सुरक्षाकोष ऐन २०७४ सम्वन्धित यातायात प्रालिहरुले लागु गरी कार्यन्वयन गर्नुपर्ने र कार्यन्वयनकालागि नेपाल सरकारले तदारुकता देखाउनु पर्ने , नेपाल सरकार, नेपाल यातायात राष्ट्रियमहासंघ, तीनवटै मजदुर ट्रेड युनियन बिच भएको सयुक्त बैठकले गरेको निर्णय कार्यन्वयन गर्नुपर्ने र नेपाल सरकारले ल्याएको कोभिड भ्याक्सिन खोप अभियानमा प्राथमिकताको आधारमा यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुलाई समाबेश नगरिएको हँुदा नेपाल सरकार र सम्वन्धित प्रालिहरुले यस प्रति चासो देखाउनु पर्ने विषयहरुको तत्काल सुनुवाई गर्न माग गरेका छन् ।

मजदुर संगठनका अध्यक्ष भण्डारीको अध्यक्षतमा भएको कार्यक्रममा बोल्दै त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका प्रशासनिक सचिव प्रकाश भट्ट, अम्बिकेश्वरी यातायात प्रालिका प्रशासनिक संयोजक घनश्याम बस्नेतले यातायात मजदुरहरुको माग जायज भएकाले यसमा सवैले साथ दिनु पर्ने बताए ।उनीहरुले आफुहरु माग प्रति सकारात्मक भएको बताउदै यसमा राज्य र अन्य प्रालिहरुले साथ दिनु पर्ने बताए । विशेषगरी सरकारले यस प्रति नितिगत व्यवस्था गरी उचित मापदण्ड बनाउनु पर्ने उनीहरुले माग गरेका छन् । साथै आन्दोलनको कार्यक्रम बारे प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय र जिल्लाका सवै प्रालिलाई पत्राचार गरी जानकारी गराइएको छ । कार्यक्रमको सहजीकरण संगठनका प्रेस सल्लाहकार लक्ष्मण विश्वकर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार