हिमाली र पहाडी जिल्लामा होली हर्षोल्लासका मनाइदैँ

Author Logo..
अनलाइन राप्ती २०७७ चैत्र १५ गते आइतवार

काठमाडौँ : फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका मनाइदैछ ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा रहेको छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने होली प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । विगत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । घरभित्रै होली मनाउन पनि प्रशासनले अनुरोध गरेको छ । होली पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार