महिला तेक्वान्दो टोली सुर्खेत प्रस्थान

Author Logo..
अनलाइन राप्ती २०७७ चैत्र १२ गते बिहिवार


लक्ष्मण बस्नेत,
दाङ : तेस्रो महिला रास्ट्रीय तेक्वान्दो प्रतियोगिता २०७७ मा भाग लिन दाङ तुलसीपुरको खेलाडी टोली सुर्खेत प्रस्थान गरेको छ । कर्णाली प्रदेशको सुर्खेत मा चैत १३ गते शुक्रबार बाट सुरु हुने प्रतियोगितामा भाग लिन खेलाडी र अफिसियल गरी २० सदस्यीय टोली बिहिबार त्यस तर्फ प्रस्थान गरेको हो । टोलीमा हाम्रो पहुँच सेकेण्डरी स्कुल तुलसीपुरका १३ र बेल्झुण्डी दोजाङ का ५ गरी १८ जना महिला खेलाडी, प्रशिक्षक राकेश परियार लगाएत रहेका छन् । खेलाडी टोलीलाई नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशका ५ का अध्यक्ष बिमल रिजाल, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष सुवास चन्द्र केसी,हाम्रो पहुँच सेकेण्डरी स्कुलका प्रिन्सिपल डिआर भण्डारी, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष उत्तम भण्डारी लगाएतकाले संयुक्त रुपमा टिका लगाएर विदाई गरिएको हो । कार्यक्रम विद्यालयका प्रिन्सिपल भण्डरीको अध्यक्षता तथा नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशका अध्यक्ष रिजालको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी रिजालले खेलकुदको उच्च आदर्शलाई सबैले आत्मसाथ गर्न सके मात्र सिङ्गो खेल क्षेत्र ले अपेक्षाकृत रुपमा फड्को मार्ने बताए । उनले खेलकुद मानव जिवनको अभिन्न अंग भएको भन्दै यसको विकासमा हामी सबैको उत्तिकै दायित्व रहने बताए । साथै उनले अनुशासनको उच्च पालना गर्दै दरिलो आट र साहसका साथ खेल प्रदर्शन गर्न खेलाडीहरुलाई हौसला प्रदान गरे । विद्यालयका कल्याणकारीणि अधिकृत तिलक राम कालाथोकीको स्वागत रहेको कार्यक्रममा दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष सुवास चन्द्र केसी, हाम्रो पहुँच सेकेण्डरी स्कुलका प्रिन्सिपल भण्डारी, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष उत्तम भण्डारी, खेल पत्रकार लक्ष्मण बस्नेत लगाएतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन विद्यालयका भाईस प्रीन्सिपल शिव पुनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार