दाङमा पनि सार्वजनिक रुपमा सभा सम्मेलन गर्न रोक

Author Logo..
अनलाइन राप्ती २०७७ चैत्र १२ गते बिहिवार


दाङ : जिल्ला प्रशासन कार्यालय दाङले कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै विहिवारदेखि नै लागू हुने गरी भिडभाड नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङमा बिहीवार प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले विहिवारदेखि नै लागु हुने गरी सार्वजनिक स्थानमा कुनैपनि भिडभाड नगर्न आग्रह गरेको हो । जसले गर्दा यसअघि सभा सम्मलेन गर्नको लागि अनुमति वा सहमति जे लिएको भएपनि अबदेखि त्यस्ता सहमति रद्द गरिएको प्रशासनले एक सुचना जारी गरी जानकारी दिएको छ । नेपाल– भारत खुल्ला सीमाना क्षेत्र जिल्ला रहेको हुँदा भारतमा पुनः कोभिड १९ को संक्रमन फैलिनु र मृत्यु दरपनि बढेको हुँदा सबैले साबधानी अपनाउन जरुरी रहेको हुँदा सभा सम्मेलन गर्न रोक लगाउनु परेको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले जारी गरेको सूचनामा उल्लेख छ । साथै, प्रशासनले अनिवार्य रुपमा सुरक्षित मापदण्ड अपनाउन आग्रह गरेको छ । । साबुन पानीले हात हुने, मास्क लगाउन, स्यानीटाइजर प्रयोग गर्न समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार