कोरोना संक्रमण बढ्दै गए पुनः लकडाउन हुन्छ : स्वास्थ्य मन्त्रालय

Author Logo..
अनलाइन राप्ती २०७७ चैत्र ११ गते बुधवार

काठमाडौँ :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्दै गएमा संक्रमणको संख्या न्यूनिकरणका लागि पुनः लकडाउन हुन सक्ने बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बुधबारकोे नियमित मिडिया ब्रिफिङमा मानिसहरुको अनावश्यक भिडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नु लगायतका सरकारले तोकेको मापडण्ड विपरीतको कार्यले संक्रमितको संख्या बढ्दै गएको बताए । सहप्रवक्ता अधिकारीले नागरिकलाई नजिकिदै गरेको होली पनि घरमा नै बसेर मनाउन आग्रह गरेका छन् । होली मनाउँदा अनावश्यक भिडभाड हुने भएकोले मन्त्रालयले यस्तो निर्णय गरेको हो । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्किनेको भिडभाड बढेको देखिन्छ । मन्त्रालयले नाकामा आवश्यक सुरक्षा अपनाउन र हेल्थ डेस्कलाई सक्रिय रुपमा सञ्चालन गर्न तथा नेपाल प्रवेश गर्ने व्यक्तिलाई मास्क उपलब्ध गराउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार