दाङमा हार्डवेयर व्यवसायी गठन

Author Logo..
अनलाइन राप्ती २०७७ चैत्र १५ गते आइतवार


दाङ : दाङको तुलसीपुरमा हार्डवेयर व्यवसायी गठन भएको छ । व्यवसायीहरुको हकहितको लागि हार्डवेयर व्यवसायीहरु एक भई समिति गठन गरेका हुन् । शनिबार गठन भएको उक्त समितिको अध्यक्षमा गोकर्ण प्रसाद गिरी, उपाध्यक्ष सुनिल आचार्य, सचिवमा नविन राई, कोषाध्यक्षमा गोरख वली रहेका छन् । त्यसैगरी सदस्यहरुमा देव कडेँल, कल्याण भण्डारी, तेजविक्रम घर्ती, दुर्गा चौधरी र बसन्त भण्डारी रहेका छन् भने समितिको सल्लाहकारमा दामोदर भण्डारी, मिनराज वली, उत्तम रेग्मी, दयाराम पोख्रेल रहेका छन् । उक्त हार्डवेयर समिति अन्तर्गत प्लाई, मार्वल, घर डेकोरेशन, घर निर्माण लगायतका सामग्रीहरु समावेश गरेका व्यवसायीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार