ज्योति लाइफको आइपीओ बाँडफाँड आज

Author Logo..
अनलाइन राप्ती २०७७ चैत्र १३ गते शुक्रवार

काठमाडौँ :  ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड आज मध्यान्न साढे १२ बजे बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार साढे १२ बजे ज्योति लाईफको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा बाँडफाँड गरिन लागिएको हो ।धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम मंगलबार गरिएको आईपीओको प्रि अलटमेन्ट अनुसार ५ लाख ९४ हजार जना आवेदनलाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् ।यसअनुसार आईपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४९६ जनामध्ये १२ लाख ४८ हजार ४९६ जना (दोहोरो आवेदक सहित) आवेदकको हात खाली हुने देखिएको छ । जुन सर्वसाधारणका लागि आवेदन दिएकामध्ये ६७.७६ प्रतिशत हो ।

कुल आवेकदको ३२.२४ प्रतिशत अर्थात ३ जनामध्ये गोलाप्रथाबाट एक जनाले मात्र शेयर पाउनेछन् । ज्योति लाइफले कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हरेक आवेदकलाई न्यूनतम १० कित्ता शेयर बाँडफाँड गर्नुपर्ने र अपुग भएको खण्डमा निष्काशित शेयर संख्यालाई दशले भाग गरेर पुग्ने जति आवेदकलाई गोलाप्रथाबाट बाँडफाँड गरिने व्यवस्था छ ।इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ज्योति लाइफको आईपीओमा यसअघिको सबै रेकर्ड ब्रेक हुँदै सर्वसाधारणबाट आवेदन परेको थियो ।  आईपीओमा सर्वसाधारणबाट माग गरिएको भन्दा ६.४१ गुणा बढी अर्थात तीन करोड ८० लाख कित्ताका लागि आवेदन परेको छ । जबकी कम्पनीले ५९ लाख ४० हजार कित्ताका लागि मात्र आवेदन मागेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार