ओली सरकारलाई बिदाई गर्न ढिलाई गर्नु प्रतिपक्षको धर्म अनुकुल भएन : भट्टराई

Author Logo..
अनलाइन राप्ती २०७७ चैत्र १२ गते बिहिवार

फाइल तस्बिर

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट बिदा प्रतिपक्षी दलले ढिलाइ गरेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बिहीबार ट्विीट गर्दै केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट बिदा गर्न प्रतिपक्षी दलले ढिला गरेको टिप्पणी गरेका हुन् । उनले बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दलले सरकारलाई निरन्तर खबरदारी गर्नु पर्ने तथा बैकल्पिक सरकार दिन र नयाँ निर्वाचनमा जान तयार रहुन पर्ने बताएका छन् । प्रतिनिधिसभा भंग गर्ने असंवैधानिक कदम चालेका प्रधानमन्त्री ओलीलाई सरकारमा रहन दिनु प्रतिपक्षीको धर्म अनुकुल नरहेको ट्विीटरमा उल्लेख गरेका छन् । अहिले भट्टराईको दल जसपा पनि प्रतिपक्षमा नै रहेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस र जसपा दुवै कुनै ठोस निर्णयमा पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार