नेपाल १८८ जना कोरोना संक्रमित थपिए

Author Logo..
अनलाइन राप्ती २०७७ चैत्र १० गते मङ्गलवार


काठमाडौं :  नेपालमा थप १ सय ८८ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा १ सय ८८ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७६ हजार २४४ पुगेको छ । जसमा महिलाको संख्या ९७ हजार १० र पुरुषको संख्या १ लाख ७९ हजार २३४ जना रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७७ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ७७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७२ हजार ९७ पुगेको छ । त्यस्तै, देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार १ सय २८ रहेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३२ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २२ लाख ४५ हजार ०३० जनाको पीसीआर परीक्षण भएको छ ।यसै गरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार