लक्ष्मण बस्नेत, तुलसीपुर : तुलसीपुर उपमहानगरपालिका स्तरिय मेयर कप टि–२० क्रीकेट प्रतियोगिता २०७७ हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लब तुलसीपुरको ब्यबस्थापनमा सञ्चालन हुन लागेको हो । प्रतियोगिता महेन्द्र मा.वि तुलसीपुरको खेलमैदानमा सञ्चालन हुन लागेको प्रतियोगिता यहि चैत २७ गते देखी सुरु हुुनेछ । तुलसीपुर क्षेत्रमा क्रिकेट खेलको बिकास र बिस्तारसंगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पु¥याउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली (माईकल) ले जानकारी दिए । भौतिक संरचना, खेल गतिविधि र प्रशिक्षण अभावका हिसाबले पछाडी परेको तुलसीपुर क्षेत्रको क्रिकेटलाई मेयर कपका माध्यमबाट चलाएमान बनाउन प्रतियोगिताको आयोजना गरिएको संयोजक नेपालीले बताए । उनका अनुसार झण्डै एक साता चल्ने प्रतियोगितामा तुलसीपुर उपमहानगर क्षेत्र का १९ वडाका टिमको सहभागिता हुनेछ । खेलहरु नकाउट प्रणालीका आधारमा खेलाईनेछ । यसैबिच प्रतियोगिता ब्यबस्थापनको जिम्मा पाएको त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लब तुलसीपुरले तयारीलाई तिब्र पारेको छ । टिम सहभागिताका लागि पत्राचार, प्रचार प्रसार,खेलमैदान निर्माण लगाएतका आन्तरिक तयारीलाई तिब्र पारिएको क्लबका अध्यक्ष कमल डाँगीले जानकारी दिए ।