नेपाल रेडक्रस सोसाईटी, लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

Author Logo..
अनलाइन राप्ती २०७७ चैत्र २ गते सोमवार


तिर्थराज ज्ञवाली, 
देउखुरी दाङ :  नेपाल रेडक्रस सोसाईटी, लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा राप्ती गाउँपालिकामा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाका रेडक्रसका प्रतिनिधि सहितको साधारण सभाले मानवता, निश्पक्षता, तटस्थता, स्वाधिनता, स्वयम् सेवा, एकता, विश्वव्यापकतालाई आत्मसाथ गदै पीडामा परेकाको हरेक क्षणमा सहयोगका लागि तम्तयार रहने प्रतिबद्धता गरेको छ । नेपाल रेडक्रस सोसाईटी, लुम्बिनी प्रदेशका अध्यक्ष शम्भुप्रसाद पोख्रेलको अध्यक्षता, रेपाल रेडक्रम सोसाईटी केन्द्रिय कार्यसमिति उपाध्यक्ष शर्मिला कार्कीको प्रमुख आथित्यता, केन्द्रिय कार्यसमिति महामन्त्रि पिताम्वर अर्याल, प्रदेश प्रधिकरणका प्रमुख ध्रुव मजगैय, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको विशिष्ट आथित्यतामा भएको सभाले महासचिव कृष्ण पंगेनीको प्रगति प्रतिवेदनलाई पास गर्दै नयाँ योजनाका साथ सेवा मुलक कार्य प्रति लागीरहने निर्णय गरिएको छ । साधारण सभामा कोभिड १९ को महा जोखिममा संक्रियताका साथ उदाहरणीय कार्य गर्ने ब्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान समेत गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङको आथित्यता तथा गाउँपालिका लालमटिया रेडक्रस सोसाईटीको ब्यवस्थापनमा भएको प्रदेश स्तरिय तेस्रो साधारण सभामा रेडक्रसले गर्दै आएका काममा आईपरेका ब्यथाहरुको समिक्षा समेत गरिउको थियो ।

आगामी दिनमा विगत जस्तै सम्पुर्ण निकायको साथ र सहयोगमा सेवा मुलक काम गदै जानका लागि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव, राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी, लमही नगरपालिका उप प्रमुख देवका बेलवासे, प्युठान रेडक्रसका गुमानराज पुलामी, निवर्तमान केन्द्रिय अध्यक्ष नवल सिङ पुन, निवर्तमान केन्द्रिय सदस्य भगवती शर्मा, सुदर्शन प्रसाद नेपाल, अजित कुमार शर्मा, बाबुराम भट्टराई, महेन्द्र कुमार श्रेष्ठ लगायतले शुभकामना ब्यक्त गरेका थिए । सभामा दाङ र बाके जिल्ला कमिटिले उत्कृष्ट कार्य गरेकोमा सम्मान गरिएको छ साथै रेपाल रेडक्रस सोसाईटी, लुम्बिनी प्रदेशले घोराही, तुलसीपुर, राप्ती, राजपुर, गढवा, लमही पालिका र विमल केसी, दोर्ण वली, बाल कुमार घर्ती लगायतलाई समेत सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार