सिरहा बम विष्फोट घटनाको जिम्मा गोइत समूहले लियो

Author Logo..
अनलाइन राप्ती २०७७ चैत्र १ गते आइतवार

काठमाडाैं :  सिरहा बम घटनको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ। आज सिरहाको मालपोत कार्यालयमा भएको प्रेसरकुकर बम विष्फोटमा परी ८ जना घाइते भएका थिए। उक्त दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन्।  आज एक विज्ञप्ति निकालेर मोर्चाले भ्रष्टाचार जारी रहे योभन्दा कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ। साथै यो घटनाबाट उत्पन्न सबै दुष्परिणामको जिम्मा नेपाल सरकार र प्रदेश सरकार हुने पनि उसले जनाएको छ।  मोर्चाका अध्यक्ष जयकृष्ण गोइतको हस्ताक्षर भएको उक्त विज्ञप्तिमा नेपाली औपनिवेशिक शाशकबाट उन्मुक्ति नहुन्जेल लडिरहने प्रतिबद्धता पनि गरेको छ।  आजै गोइत समूहका दोस्रो तहका नेता रामविलास यादवले प्रशासनसँग आत्मसमर्पण गरेका थिए। उनले आज बिहान साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति निकालेर आत्मसमर्पण गरेका सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताएका थिए। आत्मसमर्पणपछि मोर्चाले यो घटना गराएको हो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार