दाङ : तुलसीपुर उपमहानगरमा ३ चरणमा कोरोना विरुद्दको खोप करिब साढे ८ हजार जनाले लगाएका छन् । उपमहानगरमा पहिलो चरणमा १५ सय ८४ जना, दोस्रो चरणमा १३ सय ९८ र तेस्रो चरणमा ५२ सय ४६ जनाले कोरोना विरुद्दको खोप लगाएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले बताए । यहि फागुन २३ गते देखि २९ गते सम्म तेस्रो चरणमा ६५ बर्ष माथिका जेष्ठ नागरिकहरुलाई कोरोना विरुद्दको खोप लगाएको उनले बताए । हाल सम्म कोरोना खोप लगाएकाहरु मध्य एक÷दुई जनालाई सामान्य असर देखिएको भएता पनि अरु कसैलाई कुनै असर नदेखिएको उनले बताए । ३ चरणमा गरी चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा सव बहान चालक, कर्मचारी, बैक तथा वित्तिय संस्थाका कर्मचारी, जनप्रतिनिधि, संचारकर्मी, सुरक्षाकर्मी, जेष्ठ नागरिक लगाएतकालाई खोप लगाइएको फोकल पर्सन केसीले बताए । साथै, तेस्रो चरणको कोभिड विरुद्द खोप लगाउन अभियान उपमहानगरमा शनिवारबाट सम्पन्न भएको उनको भनाइ छ । अब अर्को चरणको कार्यक्रम अर्को परिपत्र भएपछि पुनः शुरुवात गरिने उनले बताए ।