दाङ : पछिल्लो समय सामाजिक संजालले गर्दा धेरै कुराहरु भाइरल भएको पाइन्छ । तर, दाङमा हिजो आज सडक भाइरल भएको छ । जुन सडकलाई अवलोक गर्न दैनिक सयौँको संख्यामा मानिसहरु जाने गरेका छन् । करिब एक हप्ता देखि दाङको घोराही उपमहानगरपालिका १० नारायणपुर देखि रोल्पाको होलेरी जोड्न सडक सामाजिक सञ्जाल टिकटकमा निकै भाइरल भएको छ । घोराही १० नारायणपुर देखि वडा नं. ११ हुदैँ १२ को सिमलकुटी सम्म करिब ९ किलोमिटर सडक कालोपत्रे भएको छ । उक्त सडक अन्र्तगत घोराही ११ झुम्केटाडी निकै भाइरल भएको छ । त्यहाँ भिडियो बनाउनको लागि जिल्लाका विभिन्न ठाउँबाट टिकटक प्रयोग कर्ताहरु पुग्ने गरेका छन् । सामाजिक सञ्चाल टिकटकमा भिडियो देखि पछि आफु पनि हेर्न आएको तुलसीपुरबाट आउनु भएकी कल्पना डाँगीले बताइन् ।
सडकको करिब एक किलोमिटर दुरी सम्म टिकटक प्रयोग कर्ताहरु भिडियो बनाउन र फोटो खिच्नमा ब्यस्त भएका हुन्छन् । त्यस्तै, तुलसीपुरबाट आउनु भएका अर्का सुनिल सुनार पनि भाइरल बाटो हेर्न आएको बताए । उक्त ठाउँमा धेरै चहल पहल भएपछि स्थानियहरु पनि अचम्म परेका छन् । स्थानिय डिल्ली बहादुर वलीले एक हप्तादेखि उक्त ठाउँमा धेरै चहल पहल भएको बताउनुभयो । उहाँले सडक कालो पत्रे भएको र सर्प घुमेको जस्तै भएकाले टिकटक बनाउनेहरु आउने गरेको बताए । उक्त सडकमा चहल पहल बढेसंगै दुर्घटनामो जोखिम पनि उत्तिकै रहेको स्थानियहरुको भनाइ छ । उक्त सडक निर्माण सम्पन्न भएको करिब ३ महिना भयो । टिकटक भिडियो बनाउनेहरु मात्र खुशी भएका छन् । त्यो चहल पहल देख्दा स्थानियहरु पनि खुशी भएको स्थानिय एकराज डाँगीले बताए ।
भिडियो हेर्नको लागि Onlinerati YouTube Channel