तुलसीपुर : यहि फागुन २३ गते देखि चैत्र २ गते सम्म शुरु हुन लागेको तेस्रो चरणको कोरोना विरुद्धको खोप अभियानमा ५५ बर्षमा माथिका नागरिक वडा नं. ९ मा रहेका विद्यालयका शिक्षकहरुलाई खोप अभियानमा सहभागि हुन आग्रह गरिएको छ । नगर स्वास्थ्य केन्द्र दोघरेका प्रमुख ईश्वरी प्रसाद चालिसेका अनुसार फागुन २३ देखि २९ गते सम्म वडा भित्र रहेका टोलका नागरिक तथा विद्यालयमा कार्यरत शिक्षकहरुलाई समय तोकिएको छ । २३ गते पहिलो दिन सल्लवन, नयाँ बस्ती, शिवपुर तथा आधारभुत विद्यालय सल्लीवनका शिक्षक तथा ५५ बर्ष माथिका नागरिकहरुलाई खोप प्रदान गरिने प्रमुख चालिसेले बताए । त्यस्तै, २४ गते थर्पुडाँडा, चुलेसे, बेलुवा गनार, माछा पोखरी टोल, मनकामना तथा साधना पाठशाला, २५ गते दोघरे क्षेत्रका ५५ बर्ष माथिका नागरिक, मावि दोघरे र पारिजात स्कुलका शिक्षकहरुलाई खोप प्रदान गरिने छ ।
त्यस्तै, २६ गते अटो भिलेज क्षेत्र र जन नमुना स्कुल, २७ गते श्रीकृष्ण, भगवती, श्रीनगर, पशुपति, शिव पशुपति टोलका ५५ बर्ष माथिका नागरिक र जीवन प्रेमी विद्यालयका शिक्षकहरुलाई खोप प्रदान गरिने भएकाले समय मै उपस्थिती भइदिन उनले आग्रह गरेका छन् । त्यस्तै, २८ गते शिव ज्योती, राधाकृष्ण, बुद्धनगर, महालक्ष्मी, मनकामना टोल तथा सगरमाथा स्कुल र सप्तरंगी स्कुलको पालो रहेको प्रमुख चालिसेले बताए । साथै, २९ गते अमृतनगर, विकासपुर, रामनगर,प्रगतिनगर, नयाँबस्ती र छुटेका सबैलाई खोप प्रदान गरिने छ । अहिले पनि कोरोनाको प्रकोप कम नभएको भन्दै उनले सबैलाई तोकिएको समयमा नगर स्वास्थ्य केन्द्रमा आएर खोप लगाउन र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।