५४ जना छात्रा तथा महिलालाई साइकल प्रदान

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन २४ गते सोमवार

तुलसीपुर  : तुलसीपुर उपमहानगरपालिकाले १११ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा ५४ जना छात्रा तथा महिलाहरुलाई साइकल प्रदान गरेको छ । उमहानगर भित्रका सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने छात्रा तथा आयमुलक कार्यमा सहभागी महिलालाई ५४ वटा साइकल प्रदान गरेको उपमहानगरले जनाएको छ । किशोरीहरुको सशक्तिकरण र शिक्षामा पहुँच वृद्धि गर्न सहायोग होस् भने उद्देश्यले साइकल प्रदान उमहानगरका मेयर घनश्याम पाण्डेल बताए । । ‘‘महिलाको सुरक्षा, सम्मान र रोजगार स् समृद्ध नेपालको आधार’’ भन्ने नाराको साथ तुलसीपुर उपमहानगरपालिकाले १११ औं अन्र्तराष्ट्रिय महिला दिवस मनाएको छ । उपमहानगरपालिकाले १९ वटै वडाका सामुदायिक विद्यालयका ५ हजार बढि किशोरीहरु पैदलयात्री रहेको रहेका छन् ।

ति मध्ये १६ सय पैदलयात्री किशोरीहरुलाई साइकल प्रदान गर्ने लक्ष्य राखिएको तुलसीपुर उनले बताए । तुलसीपुर नगरलाई स्वच्छ, वातावरणमैत्री र नमूना शहरको रुपमा विकास गर्ने तथा महिलाको अर्थपूर्ण सहभागिता, पहिचान र स्वीकार्यता सहितको नमूना नगर बनाउने उद्देश्य अनुरुप उक्त कार्य गर्न लागिएको उनको भनाई छ । पहिलो चरणमा ५४ थान साइकल प्रदान गरिएको भन्दै अबको केही समयमा थप २५ जना किशोरी तथा महिलाहरुलाई साइकल प्रदान गर्ने उनको भनाइ छ । उनले तुलसीपुर उपमहानगर अब साइकल सिटी, स्मार्ट छोरी लगायतका अवधारणालाई अघि बढाएको उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार