श्रमीक महिललाई नै थाहाँ छैन्, महिला दिवस (भिडियो सहित)

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन २४ गते सोमवार


दाङ : दाङ तुलसीपुर उपमहानगरपालिका ९ अटोभिलेज बस्ने ६० वर्षीया बुद्धि परियारले पातुखोलको बगरमा गिट्टी कुटेर दैनिक चलाएको १० बर्ष भन्दा बढि भयो । यो एक दशकको अबधिका धेरै पटक नारी दिवस मनाइयौँ । तर, उनलाई अहिले सम्म महिला दिवसको बारेमा थाहाँ छैन् । उनलाई अरु कुनै चिन्ता छैन् । जसरी नि एक ट्रयाक्टर गिट्टी बनाउने २ हजारमा बेच्ने घर खर्च चलाउने चिन्ता छ । बुद्धि मात्र होइन पातुखोलाको बगरमा दर्जनौँ महिलाहरुले साँझ विहानको छाक टार्नको लागि गिट्टी कुदै आएका छन् । त्यस्तै, सोही ठाउँमा गिट्टी कुर्दै आइरहेकी भविसरा विकको पनि उस्तै पिडा छ । उहाँले नारी दिवस थाहाँ नभएको बताइन् । आज १११ औं अन्र्तराष्ट्रिय महिला दिवसको दाङ लगाएत देशभर विभिन्न कार्यक्रम गरी मनाएको छ । तर, चाहे खोलामा गिट्टी कुटेर छाक टार्नको लागि काम गर्ने हुन वा बजारका सडक पेटीमा फलफुल बेच्न महिलाहरु हुन् ।

कसैलाई नारी दिवसको वास्ता छैन् । तुलसीपुरको विपी चोकमा फलफुल बेच्दै आइरहेकी नौसरा केसीले आफुहरु जस्तालाई अरु केही नभए पनि गरिखान दिनु पर्ने बताइन् । महिला दिवस ठुला मान्छेहरुको लागि मात्र भएको उनको भनाइ छ । यो नारी दिवस संघसंस्थामा आवद्ध भएका तथा कर्मचारी, जनप्रतिनिधीहरुलाई मात्र थाहाँ भएको र श्रमजीवि महिलाहरुलाई थाहाँ नहुदाँ सबैलाई जागरुक बनाउन अभियान चलाउनु पर्ने घोराही १५ की रेखा वलीले बताइन् । त्यस्तै, महिला दिवसलाई पर्वको रुपमा मनाउँदै आइरहेको भएता पनि श्रमिक महिलाहरुलाई नियम, नीती र राजनितिले प्राथामिकता नदिएको अन्तरपाटी महिला संजाल दाङकी अध्यक्ष सुशिला पौडेलले बताइन् । यता स्थानिय सरकारले भने महिलाको लागि काम गर्दै आइरहेको तुलसीपुर उपमहानगरकी महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठ बताइन् ।

भिडियोमा हेर्नको लागि यहाँ क्लिक गर्नहोला 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार