तुलसीपुर आज एक हजार बढिले कोरोना खोप लगाए

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन २३ गते आइतवार


दाङ : आज, आइतवारदेखि शुरु भएको तेस्रो चरणको कोरोना विरुद्ध खोप अभियानमा पहिलो दिन तुलसीपुरमा एक हजार भन्दा बढि जेष्ठ नागरिकहरुले लगाएका छ । तुलसीपुर उमहानगरका कोरोना फोकल पर्सन विमल केसीका अनुसार पहिलो दिन एक हजार १५२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । ति मध्य अघिल्लो पटक छुटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधी गरी ३२ जनाले लगाएका छन्, भने अन्य सबै जेष्ठ नागरिक ६६ बर्ष माथिकाले लगाएको उनले बताए । उपमहानगर भित्रका विभिन्न खोप केन्द्रहरु मध्य पवननगर स्वास्थ्यचौकीबाट १२८ जना, भिमसेन शहरी स्वास्थ्य केन्द्रबाट १०० जना , दोघरे नगर स्वास्थ्य केन्द्रबाट ५८ जना, विजौरीबाट ७०, पर्सेनी १०६ जना, फुलवारीबाट ५९ जना , मानपुरबाट ७८ जनाले लगाएका छन् । त्यस्तै, टरिगाउँबाट ५९ जना, राप्ती लाइफ केयर हस्पिटलबाट २७ जना , तुल्सी बाल अस्पतालबाट १६ जना, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १०० जना, ड्वाङपुरबाट ११९ जना, उरहरीबाट १२५ जना, प्रतापकोटबाट २७ जना र हलवार स्वास्थ्य चौकीबाट ८० जना गरी एक हजार १५२ जनालाई खोप प्रदान गरिएको केसीले जानकारी दिए । खोप लगाएकाहरु मध्य हाल सम्म कसैलाई पनि कुनै असर नदेखिएको उनको भनाइ छ । यो पटक तुलसीपुरमा ७ हजार बढिलाई कोरोना विरुद्धको खोप प्रदान गरिने फोकल पर्सन केसीले जानकारी दिए । साथै, सोमवार पनि साविक कै केन्द्रवाट खोप प्रदान गरिने र यो अभियानमा खोप लगाउन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार