प्रथम हिरा डाँगी स्मृति कप फूटबल प्रतियोगिता हुदैँ

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन २० गते बिहिवार


लक्ष्मण बस्नेत
तुलसीपुर  :  दाङको तुलसीपुरमा प्रथम हिरा डाँगी स्मृति कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजना संचालन हुने प्रतियोगिता आउदो चैत्र २५ गतेदेखि तुलसीपुर ५ अरनिको खेल मैदान मा सुरु हुनेछ । स्थानिय स्तरमा फुटबल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फूटबल खेलको विकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ प्रतियोगिता को आयोजना गरिएको हो । २०७६ साल चैत ३ गतेका दिन एक हतियारधारी समुहको आक्रमणमा परि ज्यान गुमाएका फुटबलका होनहार खेलाडी डाँगीको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हिरा डाँगी फाउन्डेसनका अध्यक्ष प्रकाश डाँगीले जानकारी दिएका छन् । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस का कारण लामो समय ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालन गरिन लागिएको प्रतियोगितामा १० टिमको सहभागिता रहने छ ।

प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ६५ हजार मेडल, प्रमाणपत्र हात पार्ने छन् । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका खेलाडी लाई पुरस्कृत गरिने प्रतियोगितामा मुल आयोजक समितिका संयोजक भुपेश डाँगीले जानकारी दिए । बैशाख २ गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाइने छ। यसैविच प्रतियोगिता मुल आयोजक समितीले आफ्नो तयारीलाई तिव्र पारेको जनाएको छ । उसले प्रतियोगिता भब्य एवं सभ्य तवर सम्पन्न गर्नका लागि मुल समितिका मातहत रहेका विभिन्न उपसमितिले प्रचार प्रसार, आर्थिक ब्यबस्थापन, लगाएतका तयारी लाई तिब्र पारेको समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार