खुला भलिबलको उपाधी पश्चिम रुकुम लाई

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन १९ गते बुधवार


लक्ष्मण बस्नेत, 
तुलसीपुर : जिल्ला कै सर्वाधिक ठूलो पुरस्कार राशी को खुला भलिबल प्रतियोगिता २०७७ को उपाधी पश्चिम रुकुमले हात पारेको छ । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा संचालित प्रतियोगिताको बुधबार सम्पन्न शानदार अनि रोमाञ्चक फाइनल खेलमा डल्फिन फिड कैलाली लाई २७–२५,२२–२५,१५–२५,२५–१९ र १५ –११ अर्थात ३–२ को सेटमा पाखा लगाउदै पश्चिम रुकुमले उपाधी जितेको हो । उल्लेख्य दर्शकले खचाखच भरिएको तुलसीपुर अरनिको खेल मैदानमा उच्च मनोबलका साथ फाइनल भिडन्तमा उत्रेको पश्चिम रुकुमले उपाधी संगै नगद एक लाख, कप,मेडल तथा प्रमाणपत्र हात पा¥यो । फाइनलमा हार ब्यहोरेको डल्फिन फिड उपबिजेतामा सिमित रहदै नगद ५० हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै प्रतियोगितामा पिवाइसी रुकुम तृतीय भयो, भने हिरा डाँगी फाउन्डेसन तुलसीपुरले सान्त्वना स्थान हात पा¥यो । दुबै टिममा राष्ट्रिय खेलाडीको वर्चस्व रहेकाले फाइनल खेल निक्कै कडा प्रतिस्पर्धा र रोमाञ्चक भएको थियो । प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा राष्ट्रिय रेफ्री हरिश ओली, प्रदेश रेफ्री भरत कवर,लिला पुन, धनमाया बोहरा,स्कोरमा भलिबल सहायक प्रशिक्षक भिम बहादुर डागी र रितु चन्द, अर्जुन रोका रहेका थिए । सबैका लागि खेलकुद खेलकुदमा नयाँ संरचना र आमूल परिवर्तन भन्ने मुल नाराका साथ स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पु¥याउने उदेश्य लिएर आयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालित प्रतियोगिताको समापन समारोह नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रिय अध्यक्ष जय बहादुर चन्दको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालको प्रमुख आतिथ्य एवं नेपाल भलिबल संघ केन्द्रीय उपाध्यक्ष निरज मास्केको बिशिष्ट आतिथ्यमा भएको थियो । सो अबसर प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका बेष्ट प्लेर खेलाडी पश्चिम रुकुमका विशाल बिक, राईजिङ प्लेयर पिवाइसी रुकुमका दिनेश बाठा,बेष्ट क्वीकर पश्चिम रुकुमका महेन्द्र चौधरी, बेष्ट डिफेन्डर डल्फिन कैलालिका राजन दर्लामी मगर,बेष्ट ब्लकर कैलाली कै हेमन्त मल्ल,बेस्ट स्पाइकर दुर्गा बहादुर सुनार बेष्ट कोच डल्फिन कैलालीका ज्ञानेन्द्र बिष्ट घोषित भएका थिए । कार्यक्रमा राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण बिभागका निर्देशक अर्जुन बिक, क्षेत्रीय भलिबल संघका अध्यक्ष देबेन्द्र बैरागी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन महासंघका केन्द्रीय महासचिव बिनोद चन्द गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार