राप्तीमा स्थानीय पाठ्यक्रम निर्माणको लागि कार्यशाला

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन १९ गते बुधवार


तिर्थराज ज्ञवाली,
देउखुरी दाङ  : राप्ती गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माणको लागि विषयबस्तु छनौट गर्न कार्यशालाको आयोजना गरिएको छ । आगामि शैक्षिक सत्र देखी स्थानीय पाठ्यक्रम लागु गर्ने गरि तयारी स्वरुप विषयबस्तु छनौट गर्न कार्यशालाको आयोजना गरिएको हो । गाउँपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, वडा अध्यक्ष, क्रियाशिल राजनैतिक पार्टि प्रतिनिधि सहभागि रहेको कार्यशालामा शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक बिश्वास विकले कार्यपत्र प्रस्तुत गरेका थिए । सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यता र उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ट आथित्यतामा भएको कार्यशालामा आगामी आगामि शैक्षिक सत्रलाई लक्षित गरि स्थानीय पाठ्यक्रम निर्माण गरिने योजना बनाइएको छ । पहिलो दिन स्थानीय पाठ्यक्रम निर्माणका लागि बिषयबस्तु छनौट सम्वन्धि कार्यविधि २०७७ को आधारमा स्थानीय तहमा पाठ्यक्रम निर्माणका लागि अभ्यास गरिएको छ भने आगामी २ थप दुई दिन विषय विज्ञ तथा स्थानीय पाठ्यक्रम निर्माण विज्ञ सहितको कार्यशाला गरिने भएको छ ।

स्थानीय पाठ्यक्रमको अवधारणा, स्थानीय पाठ्यक्रमको सन्दर्भ, स्थानीय पाठ्यक्रमको सिद्धान्त, स्थानीय पाठ्यक्रमको सन्दर्भमा अन्तराष्ट्रिय परिदृष्य, स्थानीय पाठ्यक्रमका तत्व तथा मान्यता, स्थानीय पाठ्यक्रम निर्माणका सैद्धान्तिक आधार, स्थानीय पाठ्यक्रमको विकास, निर्माण र कार्यान्वयनका चुनौति, स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयनको औचित्य, स्थानीय पाठ्यक्रमको ढाचाका बारेमा कार्यशालामा छलफल गरिएको युवा तथा खेलकुद शाखा युवा तथा खेलकुद शाखा शिक्षा अधिकृत बासुदेव खनालले जानकारी दिए । विश्वव्यापी रूपमा सोच देखी स्थानीय रूपमा कार्यान्वयनमा ल्याऊ भन्ने मध्यमार्गी, समन्वयकारी अवधारणालाई मुर्त रूप दिनका लागि स्थानीय पाठ्यक्रमको आवश्यकता रहेका र गुणस्तरीय शिक्षाको महत्वपुर्ण आयामको रूपमा पाठ्यक्रमका विषय वस्तुलाई सान्दर्भिक गराउनपर्ने साथै विभिन्न स्थानीय, सास्कृतिक, सामाजिक स्थानीय पाठ्यक्रम निर्माणको कार्यलाई प्रोत्साहन गर्न स्थानीय पाठ्यक्रम कार्यान्वयनको आवस्यक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार