जिल्ला समन्वयद्वारा अनुगमन जारी, बबईमा ३५ प्रतिशत काम

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन १८ गते मङ्गलवार


हापुरे : जिल्ला समन्वय समिति दाङले स्थानीय पालिकामा भइरहेका कामको अनुगमन कार्यलाई जारी राखेको छ । जिल्ला समन्वय समितिले जिल्लामा रहेका दश वटै पालिकामा चालु आर्थिक बर्षमा भइरहेका भौतिक पुर्बाधारका कार्यको अनुगमन गर्न सुरु गरेको हो ।जिल्ला समन्वय समितिले हरेक बर्ष स्थानीय पालिकामा भइरहेका बिकास निर्माणका योजनाका बिषयमा अनुगमन गर्ने गरेको छ । समन्वय समितिले जिल्लामा बिकास निर्माण तथा नदिजन्य पदार्थको अनुगमन गर्ने गरेको छ ।यसैक्रममा जिल्ला समन्वय समितिको टोलीले बबई गाउँपालिकामा भएका बिकास निर्माणको अनुगमन समेत गरेको छ । जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको नेतृत्वमा बबईमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा बबई गाउँपालिकामा ३५ दशमलब ०४ प्रतिशत काम भएको जनाइएको छ । गाउँपालिकामा २९७ योजनामा अहिलेसम्म १८ योजना सम्पन्न भएका छन् भने १८१ वटा योजना सम्झौता भएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार