निवर्तमान अध्यक्ष रावत महासघंको आमन्त्रित सदस्यमा मनोनित

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन १८ गते मङ्गलवार


शरद रेग्मी,
तुलसीपुर :  तुलसीपुर उद्योग बाणिज्य सघंका निवर्तमान अध्यक्ष बिरबहादुर रावत (बिरु)नेपाल उद्योग बाणिज्य महासघं अन्तर्गत स्थानिय आर्थिक विकास समितिको बिशेष आमन्त्रित सदस्यमा मनोनित भएका छन् । महासघंका केन्द्रिय सदस्य एवम स्थानिय आर्थिक विकास समितिका सभापति सुरकृष्ण बैधको सिफारिसमा महासघंका अध्यक्ष शेखर गोल्छाले रावतलाई समितिको आमन्त्रित सदस्यमा मनोनित गरेका हुन् । महासघंलाई शसक्त रुपमा अगाडि बढाउने कार्यमा सम्मिलित समिति र सदस्यहरुले महत्वपुर्ण योगदान गर्नेमा महासघं बिश्वस्त रहेको छ । मनोनयन पत्रमा महासघंका अध्यक्ष गोल्छाले उल्लेख गरेका छन् । तुलसीपुर उद्योग बाणिज्य सघंमा आफ्नो तिन बर्षे कार्यकालमा महत्वपुर्ण काम गरेर सफलता पूर्वक काम गरि सकेका निवर्तमान अध्यक्ष रावत जिल्लामा क्रियासिल बिभिन्न सघ संस्थाको समेत नेतृत्व गरिसकेका छन् ।

यता नेपाल उद्योग बाणिज्य महासघंका अध्यक्ष शेखर गोल्छाले पनि तुलसीपुर उद्योग बाणिज्य सघंका नवनिर्वाचित अध्यक्ष रामप्रसाद चालिसेलाई बधाई ज्ञापन समेत गरेका छन् । ‘ब्यवसायिक र सामाजिक कार्यहरुमा तुलसीपुर बाणिज्य सघं अग्र स्थानमा रहदै आएको छ । वर्तमान नयाँ टिम पनि क्षमता र उर्जावान आएको सन्देश मैले पाएको छु ,’ अध्यक्ष गोल्छाले भनेका छन् । महासंघका अध्यक्ष गोल्छा र तुउबासघंका अध्यक्ष चालिसे बिच मगलबार महासघमा भेटघाट भएको थियो ।त्यस्तै, मगलबार बिहान बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसँग उहाँकै निवासमा भेटघाट भएको छ । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे र तुलसीपुर उद्योग बाणिज्य सघंका अध्यक्ष चालिसे लगायतको सहभागिता रहेको थियो । त्यस अबसरमा जिल्लामा रहेका सम्भाबना र योजनाहरुका बारेमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार