डल्फिन फिड र रुकुम पश्चिम खुला भलिबलको फाइनलमा भिड्ने

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन १८ गते मङ्गलवार


लक्ष्मण बस्नेत, 
तुलसीपुर  : डल्फिन फिड कैलाली र रुकुम पश्चिम जिल्ला कै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता २०७७ को फाइनलमा भिड्ने भएका छन् । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा जारी प्रतियोगिताको मंगलबार सम्पन्न शानदार अनि रोमाञ्चक पहिलो सेमिफाइनल खेलमा पि.वाई.सि. रुकुम लाई २५–२०, २५–१६ र २५ण्१० अर्थात् ३–० को सोझो सेटमा पाखा लगाउदै डल्फिन फिड कैलालीले फाईनल यात्रा तय गरेको हो । त्यस्तै उल्लेख्य दर्शकले खचाखच भरिएको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा हिरा डाँगी फाउन्डेसन तुलसीपुर लाई २५–१७, २५–१९ र २५ –१८अर्थात ३– ० को सोझो सेटमा पाखा लगाउदै पश्चिम रुकुमले फाइनलमा डल्फिन फिड कैलालीसंगको उपाधी भिडन्त पक्का गरेको हो । उपाधी होडमा रहेका दुबै टिम मा रास्ट्रीय खेलाडीको वर्चस्व रहेकाले फाइनल खेल कडा प्रतिस्पर्धा र रोमाञ्चक हुने अनुमान गरिएको छ । खेल दिउँसो २ बजे हुने प्रतियोगिता मुल समितीका संयोजक एवं नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र बहादुर चन्दले जानकारी दिए ।

त्यस्तै तृतीय स्थानका लागि बुधबार बिहान ८ बजे हिरा डाँगी फाउन्डेसन तुलसीपुर र पिवाइसी रुकुम भिड्ने छन् । यसैबीच आयोजक र प्रतियोगिता समापन समारोहका अतिथी बिच बिहान १० बजे खसी बाजी प्रतियोगिता हुने महासंघका महासचिव बिनोद चन्दले जानकारी दिए । प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा रास्ट्रीय रेफ्री हरिश ओली, प्रदेश रेफ्री भरत कवर,लिला पुन, धनमाया बोहरा रहेका छन्, भने स्कोररम भलिबल सहायक प्रशिक्षक भिम बहादुर डाँगी र रितु चन्द, अर्जुन रोका रहेका छन् । सबैका लागि खेलकुद खेलकुदमा नयाँ संरचना र आमूल परिवर्तन भन्ने मुल नाराका साथ स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने उदेश्य लिएरआयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता,उप–बिजेता, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमशः नगद एक लाख,पचास ,पच्चीस र १५ हजार कप,मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजकले जानकारी दिएको छ । यसैविच आयोजकले बुधबार हुने फाइनल खेल र प्रतियोगिताको समापन समारोहमा उल्लेख्य उपस्थिका लागि खेल प्रेमी, खेलाडी, समाजसेवी, बुद्धिजिवि, उद्योगी, ब्यबसायी, पत्रकार लगाएत सबैमा अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार