स्व. आमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन १८ गते मङ्गलवार


तिर्थराज ज्ञवाली,
देउखुरी दाङ :  आफ्नी स्वगीय आमाको सम्झनामा राप्ती गाउँपालिकामा एक जोडिले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।राप्ती गाउँपालिका वडा नं ३ मसुरीया बस्ने छोरा सुरेन्द्र प्रसाद भुसाल तथा बुहारी लक्ष्मी बन्जाडे भुसालले आमा तथा सासुआमा उमकला भुसालको स्मृतिमा श्री दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयामा अक्षयकोष स्थापना गरेका हुन् ।आमा निरक्षर भएपनि आमाको शिक्षा प्रतिको मोह तथा शिक्षा क्षेत्रमा र सामाजिक कामका लाग्न आफुलाई प्रेरित गर्ने गरेको सम्झनामा भुसाल द्धयले विद्यालयमा १ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरेको छन् ।२०७६ साल भाद्र १९ गते भुसालको निधन भएको थियो । आमाको युगौ युगसम्म सम्झना रहिरहने उदेश्यले विद्यालयमा १ लाख वढिको अक्षयकोष स्थापना र ५० हजार बराबरको भुमि खरिदका लागि दान गरेको छोरो सुरेन्द्रले बताए ।

विद्यालयको २४ औ बार्षिक उत्सवको अवसरमा भुसालले विद्यालयका प्रधानाध्यापक सुर्य प्रकाश भण्डारीलाई अक्षयकोषको रकमको चेक हस्तान्तरण गरेका हुन् ।विद्यालयका प्रधानाध्यापक सुर्य प्रकाश भण्डारीका अनुसार २ सय ६८ जना विद्यार्थी रहेको विद्यालयमा ८ कक्षा सम्म ९ जना शिक्षक कर्मचारीद्धारा पठनपाठन भैरहेको र विद्यालयलाई नमुना बिद्यालय बनाउने प्रयासमा दाताहरुको आर्थिक तथा भौतिक सहयोग उपलब्धी मुलक रहेको बताए ।  अक्षयकोष संचालन निर्देशिका अनुसार अक्षयकोष नेपाल बैकमा मुद्धति खातामा राखी बार्षिक आउने ब्याजको ७५ प्रतिशत रकम बाट उत्कृष्ट हुने बिद्यार्थिलाई प्रोत्साहन रकम उपलब्ध गरिने र २५ प्रतिशत रकम बाट अक्षयकोषमा जम्मा गर्दै लैजाने प्रधानाध्यापक भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार