नवलपरासीमा दुई ट्रक ठोक्किँदा दुईजनाको मृत्यु, दुई घाइते

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन १८ गते मङ्गलवार

काठमाडौं :  नवलपरासी पूर्वको देवचुली नगरपालिकाको दुम्कौलीमा दुई ट्रक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। सोमबार मध्यरातमा भएको दुर्घटनमा दुवै ट्रकका चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। ना ७ ख ७०२३ र ना ६ ख ३०११ नम्बरको ट्रक दुर्घटना हुँदा मकवानपुर घर भएका ३४ वर्षीय रामकुमार न्यौपाने र कास्कीको पोखरा महानगरपालिका-१६ का ५१ वर्षीय खिमबहादुर विश्वकर्माको निधन भएको नवलपरासी पूर्वका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए। शव पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको मल्लले बताए। घाइते दुवैजनाको मध्यविन्दु अस्पतालमा नै उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार