लखन थापा स्मृति कप फुटबलको उपाधी युएनबिसी लाई

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन १२ गते बुधवार

लक्ष्मण बस्नेत
दाङ :  दाङको तुलसीपुरमा संचालित नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा स्मृति कप फुटबल प्रतियोगिता २०७७ को उपाधी युएनबिसी घोराहीले हात पारेको छ । नेपाल मगर युवा संघ तुलसीपुरको आयोजना तथा नेपाल मगर संघ तुलसीपुर नगर कमिटी र नेपाल मगर संघ जिल्ला समन्वय समिती दाङको संयुक्त ब्यबस्थापनमा तुलसीपुर अरनिको मैदानमा सम्पन्न फाइनल खेलमा युनाइटेड युथ क्लब तुलसीपुरलाई १ का विरुद्ध ३ गोल अन्तरले पाखा लगाउदै युएनबिसीले उपाधी हात पारेको हो । उपाधी संगै उसले नगद १ लाख, कप मेडल तथा प्रमाणपत्र हात पा¥यो । फाइनलमा हार ब्यहोरेको युनाईटेड उपबिजेतामा सिमित रहदै नगद ५० हजार मा चित्त बुझाउन बाध्य भयो । उल्लेख्य दर्शकको उपस्थितीमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलमा युएनबिसीका तर्फ बाट खेलको १५ औ मिनेटमा जर्सी नं. १० का एन्जस रोकाले पहिलो गोल गरे । त्यस्तै, जर्सी नं. ७ का बिक्रम बिकले खेलको ३३ औ मिनेटमा गोल गरे, भने ५६ औ मिनेट एन्जस रोकाले थप १ गोल गर्दै टिम लाई ३–१ को जित दिलाउन सफल भए । युनाइटेडका तर्फ बाट खेलको ६६ औ मिनेटमा जर्सी नं. ७ सन्दिप बिकले जवाफी गोल गरे । जहानिया राणा शासन का विरुद्ध नेपाली जनताको मुक्ति का लागि बिद्रोह गर्ने क्रममा १९३३ साल फागुन २ गतेका दिन सहादत प्राप्त गरेका थापाको स्मृती दिवसका अबसरमा प्रतियोगीताको आयोजना गरिएको प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरी शर्मा,डिएन दहाल,बिनोद बिक,सुरेन्द्र चौधरी र आदेश केसी रहेका थिए ।

प्रतियोगितामा जिल्लाका २४ टिमको सहभागिता रहेको थियो । यसैबिच प्रतियोगिता को समापन समारोह आयोजक क्लबका अध्यक्ष घनश्याम पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्य एवं जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना मगर,नेपाल मगर संघ केन्द्रिय बरिस्ठ उपाध्यक्ष गुरु प्रसाद घर्तिमगर,नेपाल मगर बुद्ध सेवा समाज लुम्बिनी प्रदेश उपाध्यक्ष बलभद्र कुसारीको बिशिस्ट आतिथ्यमा भएको थियो । प्राबिधिक संयोजक ईन्द्र पुनको स्वागत रहेको कार्यक्रममा खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ युनाइटेड क्लबका सन्दिप बिक बेस्ट प्लेयर, एसएसएफए तुलसीपुरका निशान डाँगी राइजिङ प्लेयर,बेस्ट डिफेन्स युनएनबिसीका दिपेन सिङ ठकुरी,बेस्ट् स्कोरर युएनबिसिका आकाश बुढामगर, मिड्फिल्डर युनाईटेडका निशान न्यौपाने, बेस्ट स्टाइकर युनबिसिका एन्जस रोका, बेस्ट किप्पर युएनबिसिका जिनेश केसी, बेस्ट कोच युएनबिसिका सन्दिप ओली,बेस्ट टिम म्यानेजर युनाइटेडका प्रीती भण्डारी र फेयर प्लेय टिम नवलपुर फुटबल क्लबलाई घोषित गरिएको थियो । त्यस्तै सो अबसरमा १३ औ साग प्रतियोगितामा दाङ जिल्ला बाट नेपालको प्रतिनिधित्व गर्दै खोखो खेलमा मेडल दिलाउन सफल खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको थियो । प्रशिक्षक उषा कवर मगर,रजत पदकधारि खेलाडी सुमित्रा चौधरी,कास्यपदक पदकधारी खेलाडी बेद बहादुर ओली सम्मानित भएका थिए । नेपाल मगर संघ तुलसीपुर कमिटीका अध्यक्ष राम कुमार घर्तीले संचालन गरकोे कार्यक्रममा मगर संस्कृती झल्कने विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार