सर्वोच्च अदालतले गर्ने फैसला स्वीकार हुन्छ : ईश्वर पोखरेल

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन ११ गते मङ्गलवार

फाइल फोटो

काठमाडौँ :  उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई स्वीकार हुने बताए । ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापना भए पनि आफूहरूको राजनीति नसकिने बताएको भोलिपल्ट सचिवालय सदस्य पोखरेलले सर्वोच्च अदालतले जे फैसला गरे पनि आफ्नो पार्टीलाई मान्य हुने धारणा सार्वजनिक गरे । ओली समूहनिकट प्रेस संगठनको चितवन जिल्ला समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई नमान्ने भन्ने कुरा लोकतन्त्रमा नहुने बताए । यस्तै उनले चुनावमा जाने कुरालाई पनि अलोकतान्त्रिक र प्रतिगमन भन्न नमिल्ने जिकिर पनि गरे । त्यस क्रममा नेता पोखरेलले प्रचण्ड–नेपाल पक्षको अकर्मण्यताका कारण नेकपा फुटेको आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार