• २०७७ फाल्गुन १६ गते आइतवार

लखन थापा स्मृति कप फुटबलमा युएनबिसी र युनाइटेड फाइनलमा भिड्ने

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन १० गते सोमवार

लक्ष्मण बस्नेत
दाङ  : युएनबिसी घोराही र युनाइटेड युथ क्लब तुलसीपुर नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा स्मृति कप फुटबल प्रतियोगिता २०७७ को फाइनलमा भिड्ने भएका छन् । नेपाल मगर युवा संघ तुलसीपुरको आयोजना तथा नेपाल मगर संघ तुलसीपुर नगर कमिटी र नेपाल मगर संघ जिल्ला समन्वय समिती दाङको संयुक्त ब्यबस्थापनमा तुलसीपुर अरनिको मैदानमा जारी प्रतियोगिताको सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एस एस एफ ए तुलसीपुरलाई ट्राईबेकरमा २ का बिरुद्ध ३ गोल अन्तरले पाखा लगाउदै युनाइटेड युथ क्लब तुलसीपुरले फाइनल यात्रा तय गरेको हो । उल्लेख्य दर्शकको उपस्थितीमा भएको निक्कै कडा प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सम्म १÷१ गोलको बराबरी भएपछी खेलको नतिजा ट्राईबेकर बाट निकालिएको थियो । त्यस्तै,दोस्रो सेमिफाइनल खेलमा सक्सेस फुटबल क्लब तुलसीपुरलाई शुन्यका बिरुद्ध १ गोल अन्तरले पाखा लगाउँदै युएनबिसी घोराहीले युनाइटेडसंगको फाइनल यात्रा पक्का गरेको हो । कडा प्रतिस्पर्धात्मक खेलको पहिलो हापको ३८ औं मिनेटमा युएनबिसीका जर्सी नं. १८ का खेलाडी आकाश बुढामगरले गरेको गोल नै निर्णायक गोल सावित भयो ।

प्रतियोगिताको फाइनल खेल फागुन १२ गते बुधबार दिउँसो १ बजे हुनेछ । लखन थापा कप उपाधी चुम्ने होडमा रहेका दुबै टिम बिच हुने फाइनल खेल शसक्त र शानदार हुने अपेक्षा गरिएको छ । जहानिया राणा शासनका विरुद्ध नेपाली जनताको मुक्तिका लागि बिद्रोह गर्ने क्रममा १९३३ साल फागुन २ गतेका दिन शहादत प्राप्त गरेका थापाको स्मृती दिवसका अबसरमा प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरी शर्मा,डिएन दहाल,बिनोद बिक,सुरेन्द्र चौधरी र आदेश केसी रहेका छन् । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालन गरिएको प्रतियोगिताको बिजेता टिमले नगद १ लाख तथा कप,मेडल,प्रमाणपत्र हात पार्ने छ । त्यस्तै, उपबिजेता टिमले नगद ५० र सेमिफाइनल सम्म पुगेका २ टिम ले क्रमशः १०÷१० हजार नगद हात पार्ने प्रतियोगिता मुल आयोजक समितिका संयोजक घनश्याम पुनले जानकारी दिए । प्रतियोगितामा जिल्लाका २४ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार