• २०७७ फाल्गुन १६ गते आइतवार

तुलसीपुरमा ३ हजार बढिले कोरोना विरुद्ध खोप लगाए

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन १० गते सोमवार


दाङ  : तुलसीपुरमा कोरोना विरुद्धको दोस्रो समुहको खोप एक हजार ६०८ जना अर्थात् ९३ प्रतिशतलाई प्रदान गरिएको छ । यहि फागुन २ गतेदेखि शुरु भएको दोस्रो समुहको खोप प्रदान कार्यक्रम सोमवार सम्पन्न भएको छ । यो संगै तुलसीपुरमा अघिल्लो माघ महिनामा र यस पटक गरी ३ हजार १८२ जनालाई खोप प्रदान गरिएको तुलसीपुर उमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । पहिलो समुहमा कोभिडको समयमा अग्रपंतीमा खटिएका स्वास्थ्यकर्मी लगाएतकालाई दिएको थियो, भने दोस्रो समुहमा जनप्रतिनिधी, सुरक्षाकर्मी, कर्मचारी, बैंक तथा वित्तिय संस्थाका कर्मीचारी, संचारकर्मीलाई प्रदान गरिएको हो । तुलसीपुरमा हाल सम्म खोप लगाएका ५८३ जना स्वास्थ्यकर्मी, स्वास्थ्य कार्यालयका प्रशासक तथा सहयोगी २३७ जना, महिला स्वास्थ्य स्वयमसेविका २९५ जना रहेका छन् ।

त्यस्तै, सरसफाइकर्मी ३२ जना, एम्बुलेन्स तथा सव वहान चालक १५ जना, सुरक्षाकर्मी २९ जना, कारागारका कैदीबन्दी तथा सुरक्षाकर्मी ५९३ जनालाई खोप प्रदान गरिएको फोकल पर्सन केसीले जनाकारी दिए । त्यस्तै, जनप्रतिनिधी ११३जना, स्थानियतहका कर्मचारी १८४ जना, निजामती कर्मचारी २४२ जना, जनपद प्रहरी ३१४ जना , सशस्त्र प्रहरी १४ जना, बैंक तथा वित्तिय संस्थाका २८१जना, प्राधिकरण तथा संस्थाका कर्मचारी १३२ जना, न्याय सेवा कर्मचारी ४३ जना र संचारकर्मी ७५ जनाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाएका हुन्् । त्यस्तै, अब तेस्रो समुहको खोप यहि फागुन २३ गते देखि शुरुवात हुने तयारीमा रहेकोले समेत केसीले जानकारी दिए । दोस्रो समुहमा खोप लगाउन छुटेकालाई तेस्रो समुहमा खोप लगाउन समेत उनले आग्रह गरेका छन् । कोरोनाको कहर अझै बाँकी रहेको भन्दै उनले खोप लगाएका र लगाउन बाँकी व्यक्तिहरुले जन स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार