• २०७७ फाल्गुन १७ गते सोमवार

बाँकेमा १० लाख अवैध भारतीय रुपैयाँसहित एक जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन १० गते सोमवार



दाङ : 
बाँके प्रहरीले अवैध भारतिय रकम दश लाख सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तरपूर्वी दिल्ली जफ्फारावादका ५४ बर्षीय मुनवर खान रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । भन्सार सुरक्षा गार्ड नेपालगंजबाट प्रहरी नायव निरीक्षक भीम बहादुर खड्का र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाहबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको संयुक्त सुरक्षा टोलीले भन्सार चेक पोष्टमा चेकजाँचका क्रममा आइतवार दिउँसो करिब साढे ३ बजेतिर खानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए । खान पैदलै नेपालतर्फ आइरहेको बेला चेकजाँच गरिएको प्रहरीले जनाएको छ । उनले बोकी ल्याएको २ वटा झोला भित्र रहेको भारतिय २ हजार दरको नोट थान ३, र ५०० सय दरका एक हजार ९ सय ८८ गरी १० लाख भारतिय रुपैयाँ बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।

उनी मजदुर रहेको समेत प्रहरीले जनाएको छ । त्यसैगरी बाँके प्रहरीले डेढ लाख बढि रकम सहित जुवा खेल्ने ९ जनालाई नियन्त्रणमा लिएको छ । सोमवार  नेपालगंज उप–महानगरपालिका २ बौद्ध टोल स्थित भुट्टु मियाको घरमा जुवातास भइरहेको भन्ने सूचनाको आधरमा वडा प्रहरी कार्यालय नेपालगंजबाट गएको प्रहरी टोलीले १ लाख ५हजार १६५ सहित ९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । साथै, उनीहरुको साथबाटे ६ गड्डी तास फेला पारेको समेत प्रहरीले जनाएको छ । त्यस्तै, बाँके प्रहरीले चालु आर्थिक बर्षको हाल सम्म नगद ३४ लाख ८० हजार ६१५ सहित ३५ जना जुवाडे लाई पक्राउ गरि कारबाही गरिएको समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार