• २०७७ फाल्गुन १७ गते सोमवार

बाँकेमा चितुवाको छाला सहित ३ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन १० गते सोमवार

दाङ :  बाँके प्रहरीले चितुवाको छाला सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान बाघचौर नगरपालिका ३ चौरपानीका ३१ बर्षीय जित बहादुर डि.सी., सल्यान कुमाख गाउँपालिका ३ मर्म पोडीकाराका २४ बर्षीय हेल्थ असिष्टेन्ट हिमेन्द्र वली र कुमाख ७ जिमालीका २१ बर्षीय कमल डि.सी.रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आइतवार बाँकेको राप्तीसोनारी गाँउपालिकाको वडा एरिया हुदैँ चितुवाको छालाको ओसार–पोसार भइरहेको भन्ने सूचनाका आधारमा ईप्रका कोहलपुर बाँके बाट खटिएको राति करिब १० बजेको तिर राप्तीसोनारी १ कुसुमबाट उनीहरुलाई पक्राउ गरिएको सोमवार पत्रकार सम्मेलन गरी बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।

उनीहरु तलासी लिदाँ जित बहादुरले बोकेको झोलामा २ थान चितुवाको छाला फेला परेपछि नियन्त्रणमा लिइएको र थय अनुसन्धान भइरहेको उनले जानकारी दिए । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिमको एक लाखदेखि २५ लाख सम्म जरिवाना र एक वर्षदेखि १० वर्ष सम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार