• २०७७ फाल्गुन १६ गते आइतवार

हात्ती ढुंगा हेर्न दैनिक सयौँ आन्तरिक पर्यटक जान्छन्

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन १० गते सोमवार


तुलसीपुर : तुलसीपुर उपमहानगरपालिका १४ ड्वाङपुरमा रहेको उक्त ढुंगा हेर्न हिजो आज दैनिक सयौँ आन्तरिक पर्यटकहरु हेर्न जाने गरेका छन् । उक्त ढुंगालाई स्थानियले भने शिवको प्रतिका रुपमा पुजा गर्ने गरेका छन्, भने पर्यटकहरु हात्ती ढुंगाको रुपमा हेर्न जाने गरेका छन् । वरपरी समथल र विचमा माटोको भरमा रहेको उक्त ढुंगा बर्षाैदेखि केहि नभएको स्थानियहरुको भनाइ छ । तर, पछिल्लो समय पर्यटकिय केन्द्र बन्दै गइरहेको अवस्थामा भने स्थानियतहले संरक्षणमा चासो नदिदाँ जिर्ण बन्दै गइरहेको स्थानियहरुको भनाइ छ । प्राकृतिक बनोटसंगै यसमा एउटा धार्मिक कथन पनि जोडिएको छ । परापूर्वकालमा ५ पाण्डवहरु त्यस ठाँउमा आइ एक रात बास बसेको भन्ने किम्बदन्ती रहेको हात्ती ढुङ्गा संरक्षण समितिका अध्यक्ष बल बहादुर विकले बताए । ‘ यो दृश्य सयौँ बर्षदेखि नै देखिदै आएको छ,’ उनले थपे,‘ हाम्रा बाउ बाजेहरुको पालादेखि अहिले सम्म उस्तै छ । हामीले यसलाई संरक्षण गर्न हात्ती बाघ ढुगां पर्यटन विकास समिती गठन गरेका छौँ ।’ हिजो आज दैनिक सयौँ तथा विदाको दिनहरुमा हजारौँ मानिसहरु अवलोकन गर्ने आउने गरेको समेत उनले बताए । प्राकृतिक रुपमा बनेको यो स्थानको बारेमा धेरैलाई थाहा नै छैन् । लगभग ५०÷६० बर्ष पहिले देखिनै यो दृष्य जस्ताको तस्तै छ । पहिलेको तुलनामा अहिले वरपरको दृष्य परिवर्तन भएको छ, भने यो विचमा रहेको ठुलो ढुंगाको संरचना भने फेरीएको छैन् । त्यहाँ आउने पर्यटकले यो एउटा माटोको ढिस्कोमा कसरी यत्रो ढुंगा कसरी अडिएको छ, भन्ने कुराको चासो ब्यक्त गर्दै यसको संरक्षणमा सबैले जोड दिए मात्र यसले चर्चा पाउने पनि स्थानिय वर्षा पोखरेलले बताइन् । नेपालमा यस्ता धेरै ओझेलमा परेका ठाउँहरु रहेको भन्दै राज्यले प्रसार – प्रसार र विकास गर्नु पर्ने उनको भनाइ थियो ।

हिजो उक्त ठाउँमा टिकटकमा भिडियो बनाउने देखि म्युजिक भिडियो समेत छांयाकन हुने गर्दछ । यो स्थान अवलोकन गर्न विभिन्न जिल्लाबाट आन्तरीक पर्यटकहरु आउने गर्दछन् । मोडल तथा भिडियो ग्राफर देवराज आर्चायले यो ठाउँलाई विश्वसामु चिनाउनको लागि काठमाडौँबाट यो ठाउँमा आएर म्युजिक भिडियोको छांयाकन गरेको उनले बताए । यता स्थानिय किवानिज क्लव अफ राप्तीले यस ठाउँको संरक्षण गर्नु पर्छ भन्दै अग्रसरता देखाएको छ । पर्यटकिय केन्द्रका रुपमा परिचित हात्ती ढुंगा हेर्न दैनिक सयौँ आन्तरिक पर्यटकहरु जाने गरेको भएता पनि त्यहाँ सम्म पुग्नका लागि सडक, खानेपानीको ब्यवस्था नहुदाँ पर्यटकहरुले सास्ती भोग्नु पर्ने अवस्था रहेको भन्दै आफुहरु संरक्षणको काम गर्न लागेको क्लबका अध्यक्ष बिमल कुमार पोख्रेलले बताए । उनले भर्खर त्यहाँ सम्म पुुग्नको लागि सडक ग्राभेल गरेको र खानेपानी ब्यवस्थापनको लागि पनि काम गर्न लागेको बताए । त्यस्तै, स्थानिय सरकारले पनि यसको विकास र संरक्षणको लागि काम गर्दै आइरहेको जनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष पशुराम चौधरीले आफुहरुले यसको संरक्षणको लागि ब्यवस्थापन समिती गठन गरेर काम गरिरहेको बताए । यसको संरक्षणको लागि गत आर्थिक वर्षमा करिब ६ लाख खर्च भएको समेत उनले बताए । त्यस्तै, उपहानगरकी कार्यापालिका सदस्य जानका रेग्मीले उपमहानगरपालिकाले यसको प्रचार–प्रसार गर्ने काम गरिहेको र यसको विकास कसैले गर्न चाहेको खुल्ला रहेको र बजेट अभावका कारण ओझेलमा परेको उनले बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार