• २०७७ फाल्गुन १७ गते सोमवार

दाङका कांग्रेस नेता तथा कार्यकर्ता द्धारा आर्थिक सहयोग

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन १० गते सोमवार

दाङ : नेपाली कांग्रेस साविक शान्तिनगर गाउँ कमिटीका पूर्व पार्टी सभापति एवं पूर्व शान्तिनगर गाविसका अध्यक्ष कुल बहादुर खड्कालाई दाङका कांग्रेस नेता तथा कार्यकर्ताहरुले ८२ हजार भन्दा बढी सहयोग गरेका छन् । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद गेहेन्द्र गिरीको नेतृत्वमा खड्काको निवास शान्तिनगरको जुम्लेकुला पुगेर सहयोग रकम हस्तान्तरण गरिएको हो । आर्थिक स्थिति कमजोर भएका विरामी भएका खड्काको उपचारमा सहयोग होस भन्ने हेतुले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले ८२ हजार ७ सय ५० रुपैयाँ सहयोग गरेका हुन् । समस्या परेको बेला एकले अर्कोलाई सहयोग गर्नुपर्छ भन्ने सोचका साथ रकम जम्मा गरेर उपचारमा सहयोग गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार