• २०७७ फाल्गुन १७ गते सोमवार

नेपाल दलित मुक्ति संगठन तुलसीपुरको भेला सम्पन्न

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन ९ गते आइतवार


तुलसीपुर   :  नेपाल दलित मुक्ति संगठन तुलसीपुर उपमहानरपालिका स्तरीय एकताको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । आइतवार भएको भेलाले संयोजक प्रकाश परियार र सह –सयोजक गौरी नेपाली रहने गरि ४१ सदस्यीय तुलसीपुर उपमहानगर पालिका स्तरीय नेपाल दलित मुक्ति संगठन सम्मेलन आयोजक कमिटी गठन गरेको छ । भेलामा (नेकपा) केन्द्रिय कमिटी सदस्य तथा कार्यक्रममा प्रमुख अतिथि भागवत विश्वासीले सबै भन्दा बढी क्रान्ति र परिवर्तन दलित हरुलाइ चाहिएको बताए । उनले यो समाजमा सबैभन्दा बढी योगदान गर्ने र सिपले दक्ष मान्छे दलितहरुलाई दलित भनेर जसरी अपमान गरिएको छ, यस्का विरुद्ध सचेत रुपले दलितहरु अघि बढ्नु पर्ने बताए । उनले जातिय ब्यबस्था नै यो समाजको मुख्य बाधक भएको र भन्दै यसको अन्त्य नहुदा सम्म छुवाछूत प्रथा अन्त्य नहुने समेत बताए ।साथै, उनले यसक विरुद्धमा सबै जागरुप भएर लाग्नु पर्ने बताए ।

भेलामा किसान महासघका स्थायी समिति सदस्य शेसुराम भण्डारी ,पूर्वनेपाल दलित मुक्ति मोर्चा लुम्बिनी प्रदेश सचिव राधिका परियार ,माक्सबादी ज्ञान् केन्द्रका केन्द्रिय सदस्य आजाद खड्का ,नेपाल दलित मुक्ति संगठनका जिल्ला सयोजक टंक सुनार सह –सयोजक हिरालाल सुनार सारथी,दलित नेता मानसिङ सुनार,दलित अधिका कर्मी दिल श्रीपाली ,(नेकपा) तुलसीपुरका पार्टी सचीव डिल्ली डाँगीले शुभकामना मन्तव्य राखेका थिए । नेपाल दलित मुक्ति संगठन दाङ जिल्ला सचिवालय सदस्य लाल बहादुर बिकको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको अध्यक्ष प्रकाश परियार र संचालन दाङ जिल्ला सचिववालय सदस्य डिला परियार गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार