• २०७७ फाल्गुन १७ गते सोमवार

व्यापार निशेष हाम्रो उदेश्य होइन् : प्रजिअ आचार्य

अनलाइन राप्तीका प्रधान सम्पादक डांगी सहित पत्रकार चौधरी सम्मानित
Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन ९ गते आइतवार


दाङ :  दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले व्यापार निशेष आफुहरुको उदेश्य नभएको बताए । रिपोर्टर्स क्लव दाङले आइतवार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेको आचार्यले आवश्यकता अनुसार व्यवसायीक सुरक्षा प्रदान गर्न र दोहोरो करको विषयमा पनि माथिल्लो निकायलाई जानकारी गराउने बताए । उनले भने,‘ हरेक व्यवसायी साथीहरु पुर्वाधार अनुसार परीचालित हुनुपर्ने हुन्छ, समग्र व्यवसायीक सुरक्षाका सवालमा हामीहरु जहिल्यैपनि तपाइहरुसंग सकारात्मक छौं । ’ उनले प्रतिस्पर्धात्मक बजारकालागी आफुहरु जहिल्यै पनि सकारात्मक रहेको पनि पनि बताए । त्यसैगरी कार्यक्रममा बोल्दै तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष रामप्रसाद चालिसेले रात्री कालिन बजार खोल्ने र बोर्ड राखे बाफत उपमहानगरपालिकालाई कर तिर्ने मुद्दालाई स्थानिय सरकारसंग समन्वय गरेर सम्बोधन गरिने बताएका छन् । क्लवले आयोजना गरेको व्यवसायी सम्मान कार्यक्रममा बोल्दै तुलसीपुर उद्योग वाणिज्यसंघका पूर्वध्यक्ष विमल रिजालले एकद्धार कर प्रणालिलाइ अवलम्वन गर्न राज्यलाइ दवाब दिनुपर्ने बताए । एउटा व्यवसायीले आफ्नो पशलको नामाकरण गरेकोमा पनि शुल्क लिने प्रदेश सरकार वा स्थानिय सरकारको कानुनलाई व्यवसायीले स्विकार गर्न अति कठिन भएको समेत उनले बताए । मुलुकको ठुलो बजेटको हिस्सा निजि क्षेत्रबाट आइरहेको अवस्थामा फेरी पनि व्यवसायीलाई अर्को कर भाइरस थोपार्नु उपयुक्त नहुने पनि उनको अभिव्यक्ति थियो ।

कार्यक्रममा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष टंक बुढाथोकीले पनि व्यवसायलाई चलायमान गराउन कर आतंक बन्द गरी एकद्धार कर प्रणाली लागु गर्न सुझाव दिएका थिए । साथै उनले बजार व्यवस्थापनका लागी स्थानिय सरकार, प्रहरी प्रशासन र व्यवसायीहरुको सहकार्यमा रात्री बजार चलाउन पनि सकिने भन्दै यसमा बहस गर्न वाणिज्य संघ सधै तयार रहेको बताए । कार्यक्रममा विशिष्ठ अतिथि तथा पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले दाङको व्यवसायीक समृद्धिलाई चलायमान बनाउनका लागी व्यवसायीक सुरक्षाको खांचो रहेको भन्दै व्यवसायीले चाहेको समय सम्म व्यवसाय संचालन गर्नका लागी व्यवसायीक सुरक्षाको प्रबन्ध हुनुपर्ने बताए ।कार्यक्रममा व्यवसायी तथा पत्रकार संगित बस्यालले बजारलाई चलायमान गराउनका लागी टाइम व्यारीयरको अन्त गरी व्यवसायीक सुरक्षाको प्रत्याभुति दिलाउन स्थानिय प्रहरी प्रशासनलाई आग्रह गरेका थिए । क्लवले दुर्गा मोता देवि पत्रकारिता पुरुस्कारबाट माउन्टेन टेलिभिजन, थाहा संचार ,अनलाइन राप्तीका प्रधान सम्पादक विकास डांगी र क्लबले स्थापना गरेको उत्कृष्ट महिला पत्रकारिता पुरस्कार २०७७ बाट रेडियो सन्जिवनीमा कार्यरत पत्रकार जयन्ती चौधरीलाई जनही ५१ सय नगद सहित पुरस्कृत गरीएको थियो । कार्यक्रममा क्लवमा आफ्ना स्वर्गिय माता पिताका नाममा दुर्गा मोतादेवि पत्रकारिता पुरस्कार स्थापना गरेका समाजसेवी प्रमोद लामिछानेलाई सम्मान गरिएको थियो । क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण क्लवका महासचिव विमल गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार