• २०७७ फाल्गुन १७ गते सोमवार

उपचारका लागि डा. भट्टराई आज भारत जादैँ

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन ९ गते आइतवार

फाइल फोटो

काठमाडौँ  : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई उपचारका लागि आज (आइतवार) भारतको नयाँ दिल्ली जान लागेका हुन् । आइतबार पत्नी हिसिला यमीसहित नेपाल वायुसेवा निगमको जहाजबाट भट्टराई नयाँ दिल्ली जान लागेका हुन् । पेटमा समस्या देखिएपछि थप उपचार गर्न नयाँ दिल्ली जान लागेको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए । प्रेस सल्लाहकार पाण्डेका अनुसार नेता भट्टराईलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ । उनी चिकित्सकको सल्लाहमा दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेसुमा जान लागेका हुन् । भट्टराईले पेटमा समस्या देखिएपछि काठमाडौंको निदान अस्पतालमा उपचार गराउँदै आइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार