कर्तब्य ज्यान मुद्दामा फरार लिला बहादुर १६ बर्षपछि पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन १६ गते आइतवार

दाङ :  दाङमा प्रहरीले कर्तब्य ज्यान मुद्दामा फरार रहेका एक अभियुक्तलाई १६ बर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ११ कटाहा निवासी ५५ बर्षीय लिला बहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । खत्रीलाई २०६१ साल चैत्र २९ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वाेच्च अदालतले १५ बर्ष कैद सजाएको फैसला सुनाएको थियो । उनी हाल सम्म भारतको चण्डिगढमा लुकिछिपि बस्दै आएको र छोराको तिथिमा गर्न घरमा आएको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले आइतवार विहान करिब साढे ६ बजेतिर तुलसीपुर १० राईखल्यान आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्त एंव डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । खत्री राईखल्यानमा नयाँ घर बनाइ लुकिछिपि बस्दै आइरहेको प्रहरीले जनाएको छ । उनलाई आजै दाङ देउखुरी जिल्ला अदालतलाई बुझाइएको प्रहरीले जनाएको छ । साथै, अपराधिक क्रियाकलाप गरी तथा घटना घटाइ फरार रही लुकीछिपी रहेका व्यक्तिहरू सम्बन्धि कुनै पनि जानकारी भए जानकारी गराउन समेत प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार