पीडित सेवा संघ द्धारा बाख्रा तथा शैक्षिक सामाग्री वितरण

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन १३ गते बिहिवार

दाङ : विगत लामो समयदेखि कैदीबन्दीका घरपरिवारलाई सहयोग गर्दै आइरहेको पीडित सेवा संघले आर्थिक आयआर्जनको लागि भैसी, बाख्रा तथा ब्यवसायी गर्नेलाई आर्थिक सहयोग गरेको छ । संघले विहिवार कैदीबन्दीका १० घरपरिवारलाई बाख्रा सहयोग गरेको जनाएको छ । एकदमै आर्थिक अवस्था न्युन भएका घरपरिवारलाई छनौट गरी तुलसीपुरका विभिन्न वडाका १० घरपरिवारलाई एक÷एक वटा बाख्रा वितरण गरिएको संघका जिल्ला संयोजक टोप बहादुर महताराले जानकारी दिए । विभिन्न कारणले घरको कमाउने मान्छे नै कैदी जिवन विताइरहेको अवस्थामा उनीहरुलाई केही आर्थिक सहजको लागि आफुहरुले बाख्रा सहयोग गरेको उनले जानकारी दिए । त्यस्तै, सल्यान र रुकुममा ३ घरपरिवार एक ÷ एक वटा भैसी सहयोग गरेको समेत उनले बताए ।

त्यस्तै संस्थाले ६ जना कैदीबन्दीको घरमा टिनको छानाको लागि आर्थिक सहयोग गरेको समेत उनले बताए । त्यस्तै, संस्थाले आज नै कैदीबन्दीका ४६ जना छोराछोरीलाई शैक्षिक सामग्री बितरण गरिएको छ । उनीहरुलाई कापी, कलम, झोला, स्कूल पोसाक लगाएतका करिब २ लाख ५० हजार बराबरको शैक्षिक सामग्री बितरण गरिएको संयोजक महताराले बताए । संघले दाङ सहित अन्य छिमेकी जिल्लाका कैदीबन्दीका छोरा छोरीहरुलाई पढ्नको लागि सन् २०१३ देखि सहयोग गर्दै आइरहेको थियो । ‘ उनीहरुलाई कक्षा १० सम्म पढाउने जिम्मेवारी लिएका थियौँ,’ उनले भने,‘ यस बर्षदेखि पुरा भयो । कोही कक्षा १० पास गरिसकेका छन्,भने कसैका अभिभावक कारागारमा छुटिसकेका छन् । यो हाम्रो उनीहरुलाई अन्तिम सहयोग हो । उनीहरुलाई मासिक ८ सयका दरले सहयोग गर्दै आएका थियौँ । अब हामी फेरी नयाँ बालबालिकाहरुलाई सहयोग गर्ने योजनामा छौँ । ’

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार