तुलसीपुर खानेपानी संस्थाको फागुन २२ गते निर्वाचन हुदैँ

७ हजार २४६ जना उपभोक्ताले मतदान गर्ने
Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन ११ गते मङ्गलवार


तुलसीपुर :  तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्वको लागि यहि फागुन २२ गते निर्वाचन हुने भएको छ । मंगलवार विहान निर्वाचन समितिका संयोजक अधिवक्ता मोहन धितालले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । उक्त दिन बिहान साढे ७ बजेदेखि बेलुका साढे ४ बजेसम्म मतदानको समय तोकिएको छ । संस्थामा ७ हजार २४६ जना उपभोक्ताले मतदान गर्न पाउँछन् । निर्वाचन समितिले निर्वाचन आउनु भन्दा ठिक ११ दिन अगाडि निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ । जसमा फागुन ११ गते मतदाता नामाबली प्रकाशित गरिने छ ।

फागुन १४ गते इच्छुक उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । त्यस्तै फागुन १५ गते उम्मेदवारको नामावली उपर दाबी बिरोध गर्न पाउने समय प्रदान गरिएको छ, भने १६ गते इच्छुक उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने व्यवस्था गरिएको संयोजक धितालले जानकारी दिए । फागुन १६ गते नै उम्मेदवारहरुलाई मतदान चिन्ह प्रदान गरिने भएको छ । फागुन २२ गते बिहान साढे ७ बजेदेखि बेलुका साढे ४ बजेसम्म मतदानको समय सीमा तोकिएको छ । मतदाताले खानेपानीले उपलब्ध गराएको महशुल कार्ड, नागरिकता वा सरकारी कार्यालयले उपलब्ध गराएको आफ्नो परिचय खुल्ने परिचय पत्र ल्याउनु पर्ने व्यवस्था गरिएकाउनले बताए । अशक्त मतदातालाई अवस्था हेरी बिशेष ब्यबस्था गरिने भएको छ । त्यस्ता ब्यक्तिहरुको हकमा एकै घरका परिवारले उनीहरुकै सहमतिमा मतदान गर्न पाउने व्यवस्था पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार