• २०७७ फाल्गुन १७ गते सोमवार

तुलसीपुरमा आज २७० जनालाई कोरोना विरुद्ध खोप प्रदान

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन ६ गते बिहिवार

तुलसीपुर : तुलसीपुरमा विहिवार २७० जनालाई कोरोना विरुद्ध खोप प्रदान गरिएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको खोप केन्द्रबाट यो संगै तुलसीपुरमा पहिलो चरणको खोप लगाउने संख्या २ हजार ३४९ पुगेको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । उनका अनुसार हाल सम्म ५७३ जना स्वास्थ्यकर्मी, स्वास्थ्य कार्यालयका प्रशासन तथा सहयोगी २३४ जना , महिला स्वास्थ्य स्वयमसेविका २८२ जना रहेका छन् । त्यस्तै, सरसफाइकर्मी ३२ जना, एम्बुलेन्स तथा सव वहान चालक १५ जना, सुरक्षाकर्मी २९ जना, कारागारका कैदीबन्दी तथा सुरक्षाकर्मी ४५८ जनालाई खोप प्रदान गरिएको फोकल पर्सन केसीले जनाकारी दिए । जनप्रतिनिधी ६३ जना, स्थानियतहका कर्मचारी ७६ जना, निजामती कर्मचारी १६० जना, जनपद प्रहरी १३९ जना , सशस्त्र प्रहरी ७ जना, बैंक तथा वित्तिय संस्थाका ११९ जना, प्राधिकरण तथा संस्थाका कर्मचारी ७६ जना, न्याय सेवा कर्मचारी २० जना र संचारकर्मी ४३ जनाले खोप लगाएका छन् । त्यस्तै, अब शुक्रवार सम्म मात्र पहिलो चरणको खोप लगाइने भएकोले सबै सरकारी कार्यालयका कर्मचारी तथा बंैक कर्मचारी तथा जन प्रतिनिधिहरुहरुलाई खोप लगाउने कार्यक्रममा सहभागी हुन उनले हार्दिक अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार