दाङ : दाङ प्रहरीले वेवारिसे चार वटा मोटरसाइकल फेला पारेको छ । विभिन्न स्थानमा चेकजाँच तथा गस्ती गर्ने क्रममा लु ५१ प ४५८८, वन टेष्ट १५० सीसिको पल्सर, लु १८ प ९५०४ पल्सर र रा ३ प ९८५२ नं.को वेवारिसे मोटरसाइकल फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । त्यस्तै, हाल सम्म सवारी धनी सम्र्पकमा नआएकोले यदि कसैको भएको खण्डमा आवश्यक कागजात लिएर जिल्ला प्रहरी कार्यालय दाङ घोराहीमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस