दाङ : दंगीशरण गाउँपालिकामा पोषण सम्बन्धि २ दिने बृहत कार्यक्रम सम्पन्न भएको छ । फागुन ६ र ७ गते सम्म भएको सम्पन्न कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख भागीराम चौधरीले स्वास्थ्य र पोषण लाई राम्रो बनाउन भोलीको प्रतीफल आज नै आंखा अगाडी हेरेर योजना बनाउन सबै क्षेत्रलाई आग्रह गरे । कार्यक्रमको प्रतीफल राम्रो प्राप्त गर्न यो कार्यक्रमबाट भोली कस्तो खालक नतिजा हामी अपेक्षा गरेका छौं त्यो कुरा योजना तहमा नै प्रष्ट हुनु जरुरी छ तब मात्र कार्यक्रम दिगो वन्छ र प्रभाबकारी बन्छ । त्यस्तै गाउँपालिका उप प्रमुख पिमा कुमारी वलीले पोषण कार्यक्रम हरेक नागरिकको लागी महत्वपुर्ण भएको र यो कार्यक्रम गाउँपालीकामा प्राथमिकताको साथ संचालन गरिने बताइन् । उनले सुनौला हजार दिनमा महिला र वालवालिकाको पोषणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिदै आगामी आथिर्क बर्ष देखि सबै विषयगत शाखाले र वडाले पोषण सुधारको लागी कार्यक्रम ल्याउन सुझाव दिइन् । त्यस्तै सुआहारा कार्यक्रमका संयोजक विकास रोकायले बहु क्षेत्रीय पोषण योजना, पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिती र यसको भुमिका र महत्वका बारेमा प्रष्ट पारेका थिए ।
गाउँपालिका तथा वडामा कार्यक्रममा स्वास्थ्य, कृषी, पशु विकास, खानेपानी तथा सरसफाई, वडा प्रमुख, स्वास्थ्य संस्था प्रमुख लगाएत सरोकारवालाहरुको सहभागीता रहेको थियो । साथै, सबैले आ–आफ्नो शाखाको प्रगती, समस्या चुनौती बारे प्रस्तुती करण र छलफल गरेका थिए । त्यस्तै गाउँपालिका उप प्रमुखलाई पोषण दुत चयन गरिएको छ । कार्यक्रम सुआहारा बेसको प्राविधिक सहयोगमा र गाउँपालिकाको आयोजनामा संचालन गरिएको थियो । साथै, सुआहाराका प्राबिधिक संयोजक अमृत पौडेलले पोषण किन आवश्यक छ ,भन्ने बारे प्रष्ट पार्दै सहभागीलाई उत्प्रेरणात्मक प्रस्तुती गरेका थिए । कार्यक्रममा पोषण र स्वास्थ्य अधिकृत लिल वहादुर नेपाली, कृषि अधिकृत सेतलाल डाँगी, खा.स. अधिकृत रोशन चौलागाईं, वेसका फिल्ड संयोजक संजय चौधरी, सचिव रुपलाल चौधरी, पालिका पोषण सहजकर्ता सन्तोष चौधरी लगायतको उपस्थिती रहेको थियो । गाउँपालिका स्वास्थ्य शाखा प्रमुखले संचालन गरेको कार्यक्रममा गाउँपालिका उप प्रमुख वलीको अध्यक्ष्यतामा भएको थियो, भने प्रमुख अतिथी गाउँपालिका अध्यक्ष चौधरी रहेका थिए ।