तुलसीपुर : आसन्न तुलसीपुर उद्योग वाण्ज्यिसंघको आसन्न निर्वाचनमा एउटा तुलसीपुरको एउटा विशिष्ठ सदस्य फेरी उद्योग वाणिज्यसंघको नेतृत्व लिन तयार छन् । सर्वसम्मन नेतृत्वको पहलगर्दागर्दै पनि सहमतीको प्रयास नभएपछि फेरी चुनावी मैदानमा उनि उत्रिएका छन् । कारण सामाजिक अभियान्तालइ सम्मान नगर्ने प्रबृत्तिलाइ सुझाउन । एउटा मानार्थ सदस्य समेत भैसकेकाका उनलाइ फेरी उद्योग वाणिज्य संघको नेतृत्व लिन र व्यवसायीहरुको छाता संगठनमा जोडिन फेरी केहि व्यवधान आएकोमा उनी असन्तुष्ट छन्, तर सवै व्यवसायीहरुलाइ एउटै छातामुनि राख्न उनको पहल कहिल्यै पनि नकारात्मक देखिएको होइन । उनी राजनितिक अभियन्ता भन्दा पनि व्यवसायीक समृद्धिका अभियन्ता हुन् ।
उनी सामाजिक अभियन्ता हुंदाहुंदै पनि नेकपाको व्यवसायीक संगठनमा जोडिए, जोडिनुको कारण व्यवसायीक सुद्धताकालागी हो । व्यवसायीहरुको विचार एक भएपनि पार्टि फरक हुंदा केहि झिना मसिना समस्या छन् । तर राज्यले यसलाइ हेर्ने अवस्थामा सवै संघसंस्थामा राजनितिकरण गर्दा यज्ञ केसीलाइ चुनौति धेरै देखिएका छन् । तर तुलसीपुरका व्यवसायी यज्ञकेसीलाइ अव कसैले चुनावमा रोक्न नसक्ने तुलसीपुर उद्योग वाणिज्य संघका एक पुर्व अध्यक्षले बताए । उनको भनाइमा उद्योगी व्यवसायीका नेता यज्ञकेसी हुनु, कुनै पार्टिका कार्यकर्ता होइनन, त्यसैले उनलाइ सर्वसम्मत ल्याउन अधिक्तम प्रयास गरीनुपर्दछ । केसी राजनितिक अभियन्ता होइनन् । तुलसीपुरको समग्र विकाश निर्माणका क्रममा नेपाल सरकारका विभिन्न विषयगत कार्यालयमा जोडिए । पावरमा रहेका कृष्ण्वहादुर महरासंग पनि जोगिए, जनार्दन शर्मासंग पनि जोडिए, अनि दिपक गिरीलाइ पनि उनले स्वागत गरे ।
यहि कारणले तुलसीपुरमा धेरै सामाजिक संस्थामा पनि जोडिए । लायन्स, रोटरी, लियो लगायत उनी धेरै सामाजिक संघसंस्थासंगै पछिल्लो योगविज्ञानमा पनि जोडिएका छन् । विहानै ४ बजे योगा अभ्यासमा पुगेर समाज रुपान्तरण हुन्छ भने आफु पनि स्वास्थ हुन र स्वास्थ्य विज्ञानलाइ प्राकृतिक चिकित्सासंग जोड्न फेरी योगा अभ्यासमा जोडिए । तर उनी फेरी आफ्नै अभियन्तासंग चुनाव लड्न चाहेका छैनन्, अनि हार्न पनि चाहेका छैनन् । उनी वीन टु वीनको रणनितिमा लागेका छन् । उनको एउटा मात्रै भिजन के हो भने उनी हार्ने अभियानमा छैनन् व्यवसायीको समस्यामा उनी रातविरात खटिरहेका पनि हुन्छन् । त्यसैले उनको अभियान पछिल्लो समयमा सामाजिक क्षेत्र, व्यवसायीक क्षेत्र र राजनितिक क्षेत्रलाइ संगै अघि बढाउन चाहेका छन् । तर हेरौं चुनाव हो, यज्ञको सपना सार्थक हुनलाइ धेरै समस्या छैन, किनकि उनले प्रतिद्धन्दीले पनि चुनाव जित्नुपर्छ भनेका छन् । उनको मनसाय तुलसीपुर उद्योग वाणिज्यसंघको आसन्न निर्वाचन सर्वसम्मत होस भन्ने हो ।